२०८० मंसिर १९ गते | 5th of December 2023

साहित्यकार कृसु क्षेत्रीको ‘चराको गीत’को लोकार्पण

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ११ गते १०:५६

न्युयोर्क- सुपरिचित साहित्यकार एवं नेपाल सरकारका वाणिज्य दूत कृसु क्षेत्रीको बहुप्रतिक्षित रचना कृति ‘चराको गीत’ (कविता सङ्ग्रह) को अगस्ट २५ तारिख न्यु योर्क सहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा लोकार्पण सम्पन्न भएको छ। ‘चराको गीत’ को लोकार्पण महामहिम राजदूत डा. अर्जुनकुमार कार्कीले गरेका थिए। युएसनेपालअनलाईनको आयोजनामा डाकिएको समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

समकालीन नेपाली साहित्यका प्रतिनिधि स्रष्टा कृसु क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरू वाचन गरेका थिए । 

बिलयन लेखन का प्रवर्तक साहित्यकार कृसु क्षेत्रीका अर्धमुदित आँखाहरू (गजल), बोधिसत्वको मृत्यूउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि (संयुक्त कविता) कृतिहरू प्रकाशित छन् । युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजल श्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक) , राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देवकोटा शताब्दी स्वर्ण पदक लगायत एक दर्जन साहित्यिक पुरस्कारहरूबाट सम्मानित छन्।

साहित्यकार एवं वाणिज्य दूत कृसु क्षेत्री न्यु योर्कका नेपाली समाजमा मिजासिला नेपाली डिप्लोम्याट र लोकप्रिय वक्ताको रूपमा रुचाईन्छन् । 

कार्यक्रममा अतिथिहरूको स्वागत/कार्यक्रम सञ्चालन तथा साहित्यकार क्षेत्रीको पुस्तक ,रचना तथा अन्य साहित्यकारहरूले क्षेत्रीको बारेमा लेखेका कुराहरू युएसनेपालअनलाईनका प्रधान सम्पादक प्रदीप परियार थापाले गरेका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *