२०८१ साउन १२ गते | 27th of July 2024

पोखरामा को अगाडी ? (यस्तो छ नतिजा)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ५ गते ८:२४

प्रकाश ढकाल
पोखरा, ५ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकामा हालसम्म एक चौंथाई मतगणना सकिएको छ । १ लाख २५ हजार ९ सय ३२ मत खसेकोमा ११ वडाको ३१ हजार ३ सय ७० मत गनिसकिएको छ । यसबाहेक १२, १३ र १४ नम्बर वडाको मतगणना पनि भैरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म २५ प्रतिशत हाराहारीमा मतगणना भैसकेको छ । प्राप्त नतिजालाई मूल्यांकन गर्दा काँग्रेस र एमाले कसैले पनि अपेक्षाकृत नतिजा निकाल्न सकेका छैनन् । काँग्रेसका गढ भनिएका वडाहरुमा नजानिँदो हिसावले एमाले हावी भएको छ भने एमालेको पकड भएका वडाहरुमा पनि काँग्रेसको उपस्थिती राम्रो छ ।
मिश्रित नतिजाका कारण कुन पार्टीले जित्छ भन्ने अनुमान लाउन उस्तै कठिन छ । हालसम्म नेपाली काँग्रेसले ७ वडा जितेको छ भने एमालेले ४ वडा जितेको छ । गणना भएका वडामध्ये पाँचवटामा कांग्रेसले प्यानल जितेको छ भने तीन वडामा एमालेले प्यानल जितेको छ । अन्य ३ वटा वडामा मिश्रित परिणाम आएको छ । नेपाली कांग्रेसले वडा नम्बर २, ३, ४, ९ र १० नम्बर वडामा प्यानल जितेको हो भने १, ५ र ७ मा एमालेले प्यानल जितेको छ । एमालेको गढ हो ६ नम्बर वडा । यद्यपी यसपालीको स्थानीय चुनावमा वडाध्यक्ष काँग्रेसको पोल्टामा प¥यो । बाँकी सबै सदस्य एमालेले जितेको छ । काँग्रेसको पकड मानिएको ८ नम्बर वडामा वडाध्यक्ष सहित तीन सदस्य एमालेले जित्दा काँग्रेसले मुश्किलले दुई खुला सदस्य मात्रै जोगाउन सक्यो । ११ नम्बर वडामा वडाध्यक्ष सहित ४ वडा काँग्रेसले जित्दा एमालेले खुला सदस्य जितेको छ ।
११ नम्बर वडाको अन्तिम मत गणना आउँदा महानगर प्रमुख र उपप्रमुखमा हालसम्म नेकपा एमालेका उम्मेदवार अगाडी छन् । अन्तिम परिणाम आएका ११ वडामा एमाले उम्मेदवार मान बहादुर जिसीले काँग्रेस उम्मेदवार रामजी कुवँरलाई १ सय ७१ मतले पछाडी पारेका छन् । जिसीको १३ हजार ३ सय ९४ मत आउँदा कुवँरको १३ हजार २ सय २३ मत छ । उपप्रमुखमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले काँग्रेस उम्मेदवार सरस्वती गुरुङलाई ६ सय ९३ मतले पछि पारेकी छिन् । मञ्जुले १२ हजार ७ सय २३ मत पाउँदा सरस्वतिले १२ हजार ३० मत पाएकी छिन् ।

वडा नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
८३१ ८४६ १०६५ १०५४
८२८ ७५९ ६८० ६१७
९२७ ८८३ ७५५ ६५०
८७२ ६६३ ५७४ ४८६
११६८ १०२३ १८२३ १७८०
१६७६ १११८ १२५३ १३४९
१०२८ ९३४ १३७३ १३५२
१६३८ १५७२ १८४० १८०१
१३०३ ११३५ १०४९ ९६८
१० १२३८ १३६८ १२५९ ११५५
११ १७१४ १७२९ १७२३ १५११
जम्मा १३२२३ १२०३० १३३९४ १२७२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *