२०८१ वैशाख २० गते | 2nd of May 2024

प्रहरीको गोलीबाट अमेरिकामा नेपाली युवाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ११ गते ११:१५

कोलोराडो – प्रहरीको गोलीबाट शनिबार साँझ अमेरिकाको कोलोराडो डेनभर नजिकै रहेको ब्रुमफिल्डमा एक नेपाली युवाको मृत्यु भएको छ । स्थानिय मिडिया फक्स न्युज ३१ का अनुसार शनिबार साँझ करिब ८ बजेर ४५ मिनेट जाँदा प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी २५ वर्षका बीरेन्द्र ठकुरी रहेको जनाईएको छ । मृतक ठकुरी आमा र दाईका साथ घटनास्थल नजिकै वेष्टमिनिष्टरमा स्थायी रुपमा बस्दै आएका थिए ।

उनको पार्थिव शरीर अहिले स्थानीय अस्पतालमा राखिएको छ । समाचारअनुसार करिब ८ बजेर ४५ मिनेट जाँदा स्थानीय फ्रेडल बर्ड र स्टार्ट फोर्ड लेक ड्राइभमा केही व्यक्तिले सडकमा होहल्ला गरेको प्रहरीले टेलिफोनमार्फत सूचना प्राप्त गरेको वेष्टमिनिष्टर प्रहरीले जनाएको छ । किन प्रहरीले गोली चलायो कुनै कारण स्पष्ट गरिएको छैन । स्थानीय मिडियाका अनुसार प्रहरीले नै गोली लागेका युवालाई अस्पताल लिएर गएको थियो । त्यहाँ उनलाई मृत घोषणा गरिएको समाचारमा उल्लेख छ । काठमाडौं घर भएका मृतक ठकुरीको परिवार वेष्टमिनिष्टरमा बस्दै आएका थिए । घटनास्थल कोलोराडोको मुख्य शहर डेनभर नजिकै पर्छ । डेनभरमा ठूलो संख्यामा नेपाली रहेका छन् ।

ठकुरी परिवार अमेरिकामा स्थायीरुपमा बसोबास गर्दै आएको बताईएको छ । घटनापछि उनको घरमा पुगेका छिमेकीले दुईजना दाजुभाई सांझ उक्त सडकमा पैदल हिँडिरहेका थिए । त्यहीबेला प्रहरीसँग साक्षात्कार भएका थिए । तर पनि प्रहरीले किन गोली चलायो थाहा हुन सकेको छैन । आमा बेहोस अवस्थामा रहेकी छन् । सँगै गएका दाइलाई पनि प्रहरीले हिरासतमा केहीबेर राखेर छाडिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *