२०८३ साउन ३० गते | 15th of August 2026

नेपाली विद्यार्थीका लागी अमेरिकी प्राध्यापकद्वारा छात्रवृत्तिको स्थापना

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ११ गते ११:२३

अमेरिका – अमेरिकी प्राध्यापक (प्रोफेसर) डा. टड ह्वाइटले नेपालमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागी शैक्षिक बिकास छात्रवृत्तिको घोषणा गरेका छन् । उनी अमेरिकाको न्यु मेक्सिकोमा स्थित युनिभर्सिटी अफ न्यु मेक्सिकोमा प्राध्यापनरत छन्। नेपाली विद्यार्थीहरूका माझ निकै नै लोकप्रिय रहेका उनी नेपालमा विभिन्न कारणले विद्यालय जानबाट बञ्चित जेहेन्दार विद्यार्थीहरूलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफु निकै खुसी भएको बताउँछन् ।

नेपाल र नेपालीलाई औधी माया गर्ने उनी आफु नेपाल जाने अत्यधिक चाहना भएको र छिट्टै नै यस्तै अन्य केही योजनाका साथ नेपाल जाने बताएको नेपाल बिद्यार्थी संघ अमेरिका शाखाका प्रबक्ता त्रिभुवन पाण्डेले जानकारी दिए । उक्त शैक्षिक बिकास छात्रवृत्तिलाई अझै बिकसित बनाई नेपालभरी नै फैलाउने उक्त छात्रवृत्ती कोषका संरक्षक त्रिभुवन पाण्डेले बताए। साथसाथै, कोषले प्राथमिक चरणमा स्याङ्जा जिल्लाका पाँच सामुदायिक विद्यालयमा अध्ययनरत पाँच जेहेन्दार छात्रछात्रालाई सहयोग गर्ने पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *