२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा १२ मा काँग्रेसकै अग्रता (1940)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ५ गते १३:००

पोखरा, ५ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको १२ नम्बर वडामा मतगणना जारी छ । हालसम्म १ हजार ९ सय ४० मत गनिसकिएको छ । हालसम्म वडाध्यक्षमा काँग्रेस उम्मेदवार अगाडी छन् । वडाध्यक्षमा काँग्रेस उम्मेदवार राम बहादुर कार्कीले ७ सय ७७ मत पाउँदा प्रतिश्पर्धी एमालेका ऋषिराम लामिछानेले ४ सय ६४ मत पाए ।
खुला सदस्यमा एमालेका निर्मल बहादुर थापा र देशभक्त केसी, महिला सदस्यमा काँग्रेसकी सीतादेवी बास्तोला र दलित महिला सदस्यमा रोसमाया दमिनी अगाडी छिन् ।
महानगरपालिकाको प्रमुखमा काँग्रेस भन्दा एमाले उम्मेदवार अगाडी छन् भने उपप्रमुखमा काँग्रेस उम्मेदवार अगाडी छन् । प्रमुखमा एमालेका मान बहादुर जिसीले ८ सय ६२ मत पाउँदा काँग्रेसका रामजी कुवँरले ५ सय ९४ मत पाए । उपप्रमुखमा काँग्रेसकी सरस्वति गुरुङले ६ सय ५९ मत पाउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ५ सय ९८ मत पाईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *