२०८१ वैशाख २१ गते | 3rd of May 2024

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा अमेरिकामा

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १३ गते २३:४९

न्यूयोर्क – नेपाली कांग्रेसका प्रवक्ता प्रखर वक्ता विश्वप्रकाश शर्मा अमेरिका आउनुभएको छ । आज अगस्ट २९, बुधवार कोरियन एअरलाईन्सबाट बिहान ११:०० बजे शर्मा न्यूयोर्कको जीफके विमानास्थल उत्रनुभएको छ् । प्रवक्ता शर्मालाई नेपाली जनसंपर्क समिती, अमेरिका र पार्टीका भगिनी संस्थाहरुले विमानास्थलमा स्वागत गरेका थिए ।

यसै सप्ताहन्तमा शिकागोमा एएनए, आन्मा र नासाको संयुक्त आयोजनामा हुने कार्यक्रममा भाग लिन अमेरिका आएका शर्मा नेपाली जनसम्पर्क समिती, अमेरिकाका च्याप्टरहरुले आयोजना गर्ने कार्यक्रमहरुमा पनि सरिक हुनुहुनेछ ।

प्रवक्ता शर्मा सेप्टेम्बर ६ तारिख नेपाल फर्कनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *