काठमाण्डौ – घरमै डाक्टर बोलाउन मिल्ने भनिएको मोबाइल एप्लिकेशन डकनक सुरु भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा एपलाई सुरु गरिएको हो । एपमार्फत प्रयोगकर्ताले घरमै डाक्टेर बोलाउन सकिने कार्यक्रममा जानकारी दिइएको थियो । आफ्नो नजिक रहेको डाक्टरलाई बोलाउन सकिने र डाक्टरले पनि एप लगइन गरेर सेवा दिन सक्ने एपका सिइओ क्षितिज गौतमले जानकारी दिए ।
एपमार्फत अनलाईनबाट डाक्टरकै साथै अरु औषधि र ल्याव टेक्निसियनलाई घरमै बोलाएर नमूना लैजाने व्यवस्था एप मार्फत हुने गौतमले जानकारी दिए । एपले डक्टर अन कल नामक होमकेयर समूहसँग सहकार्य गरेर सेवा दिने बताइएको छ । एप सार्वजानिक गर्ने कार्यक्रममा सहभागी भएकाहरुले एप सञ्चालनको व्यवहारिक चुनौतिहरुका बारेमा प्रश्न गरेका थिए ।
https://www.facebook.com/hemanta.r.niroula/videos/10212799220320762/