काठमान्डौं – पछिल्लो पुस्ताकी सर्वाधिक सफल अभिनेत्रीको अघिल्लो पङ्तिमा पर्छिन् अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह। आकर्षक रुप, मिलेको जिउडालको साथमा राम्रो अभिनयका कारण उनि धेरै निर्माता निर्देशकको नजरमा पर्ने गर्दछिन्। ‘ड्रिम्स’ डेव्यु अभिनेत्री शाहले ठिकठाक दर्शक हलमा तान्ने क्षमता समेत राख्छिन्। दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ सफल भए संगै थप चर्चामा उनि अभिनित अन्य दुई चलचित्र मध्यम व्यापार गरे।’तिमि संग’ ले ठिकै व्यापार गर्दा आएका दर्शक साम्राज्ञीको कारण तानिएको धेरैले आंकलन गरे। चौथो रिलिज चलचित्र ‘कायरा’ ले व्यापार ठिकठाक गरे पनि आर्यन सिग्देल संगको उनको जोडीको चर्चा राम्रै भयो।

धेरैलाई थाह भएको कुरा हो, साम्राज्ञी राजखानदान संग सम्बन्धित अभिनेत्री हुन्। करिव २४० बर्ष लामो राजकीय व्यवस्था नेपालमा अन्त्य भएको पनि लामो समय भैसक्यो। सम्भवत साम्राज्ञी त्यस्ती कम महिलामा पर्छिन् जो राजसस्थाको अन्त्य पछी पनि आफ्नो नामको पछाडी राज्यलक्ष्मी जोड्छिन्। राजखलककी सन्तान साम्राज्ञीका हजुरबुबा लगायत विरगंजमा बस्छन्। लगभग ८५ बर्षिय साम्राज्ञीका हजुरबुबा पशुपति विक्रम शाहले विरगन्जमा ‘सम्झना होटेल’ सन्चालनमा ल्याएका थिए।
नेपालको ईतिहास पढ्नेहरुको लागि यो नामको बारेमा जानकारी पक्कै रहेको छ। ‘नेपालका राजाहरु’ शिर्षकको पोस्टर कसैले हेरेको भएमा त ठ्याकै छुट्याउन पनि सकिन्छ। उक्त पोष्टरमा १३ जना राजाको बिचमा श्रीपेच नलगाएका एक युवराज छन्, त्रैलोक्यविक्रम शाह. उनका कान्छा भाई नरेन्द्रविक्रम शाहका नाति हुन् साम्राज्ञीका हजुरबुबा पशुपति।
ईतिहासको पानामा पनि यो नाम सुरक्षित छ। पशुपतिका हजुरबुबा नरेन्द्र विक्रम शाहालाई गोर्खा राज्यको जिम्मा लगाईएको थियो र उनलाई ‘श्री ५ माइला साहेबज्यू नरेन्द्रविक्रम शाह’ भनेर सम्बोधन गरिन्थ्यो।’

आन्तरिक विवाद र राणा संग चर्किएको विवादका कारण दरबार मासियो. तर नरेन्द्रका छोरा इन्द्रविक्रम (पशुपतिका पिता) ले विरगंजमा दरवार बनाए. जसको नाम इन्द्र दरबार राखियो र यो हाल पनि सुरक्षित रहेको छ। तर दरबार अहिले स्कुललाई भाडामा दिईएको छ. इन्द्रविक्रमका तीन पुस्ता त्यहि दरबारमा हुर्किए। पशुपतिका जेठा छोरा विकासविक्रम शाहकी छोरी हुन् साम्राज्ञी । तर उनि जन्मदा दरबार स्कुलमा परिणत भैसकेको थियो।

हाल उक्त दरबारमा सेन्ट जेभियर्स स्कुल रहेको छ। सुरुमा डीएभी स्कुल थियो। साम्राज्ञीले त्यहि स्कुलमा आफ्नो पढाइ सुरु गर्दै तीन क्लास सम्म पढिन्। विरंगज बाट भारत पढ्न पुगेकी साम्राज्ञी त्यहाँबाट फर्किएपछी हाल उनी नेपालको नम्बर १ अभिनेत्रीको रुपमा उभिएकी छिन्। सम्भवत: राजखान्दन संग प्रत्यक्ष सम्बन्ध राख्ने उनि मात्र चलचित्र नगरीमा पर्ने गर्दछिन्।
विरजंगमा रहेका उनका हजुरबुबा नातिनीको यो प्रगतिले दंग पर्ने गर्दछन्। पशुपति भन्छन्, साम्राज्ञी नेपाली चलचित्रको हिरोईन् बनिन् भन्दा मलाई आश्चर्य लाग्छ। साथमा उत्साहित पनि रहेको छु।सानो लेभलबाट संघर्ष गरेर सफलताको स्वाद चाख्दै आएका अभिनेत्री धेरै छन्। तर साम्राज्ञी एकाएका सफल हिरोइनको रुपमा देख्दा आश्चर्यचकित र हर्षित दुवै भएको छु। साम्राज्ञीका बाबुले पनि चुरोटको विज्ञापनमा काम गरेका थिए जुन निकै सफल भएको थियो।’ उनि थप्छन्, त्यहि बाट साम्राज्ञीलाई अभिनयको केहि अंश प्राप्त भएको हुन् सक्छ।’

अभिनेत्री बने पछी बजारमा अनेक हल्ला चल्छन्। यी हल्लाहरुले खासै असर नपर्ने उनि बताउछन्। पशुपति भन्छन्,’ डिजिटल दुनियाँ बढेसंगै अभिनेत्रीको मात्र हैन आजकल त सामान्य बिषयको पनि गसिप बन्ने गर्दछन्। हिरोइन बनिसकेपछी पत्रपत्रिकामा छापिने र गसिप बन्ने पक्का छ। आफ्नो उमेरमा म पनि ती गसिप पढेर रमाउने गर्दथे। अहिलेको अवस्थामा एक कानले सुन्छु र अर्को कानले उडाउछु।’
साम्राज्ञीको चलचित्र हेरेर हरेक पटक उत्साहित हुने गरेको अनुभव पशुपतिको रहेको छ। साम्राज्ञी आफ्नो खानदानको सवैभन्दा राम्री छोरी भएको भन्दै पशुपति अगाडी थप्छन्,’ चलचित्रको मेकअपले उनलाई झन् राम्री बनाएको छ। उनि सुन्दर छिन् चलचित्रमा अझ बढी सुन्दर देखिएकी छिन्। उनको कामको जति प्रशंसा गरे पनि मेरा लागि कम हुन्छ।’
चलचित्रमा साम्राज्ञीको यात्रा भने पशुपतिलाई अनौठो लाग्दछ। किनकि उनको खानदानमा कोहि चलचित्र यात्रामा रहेका छैनन्. तर उनले प्राप्त गरेको सफलताको उचाइले भने पशुपति हर्षित रहेका छन्।
अन्त्यमा,
संवाद गर्दै जाँदा पशुपति निकै उत्साहित सुनिन्थे। उनको आशिर्वादका शब्दहरु साम्राज्ञीलाई लागि उनि जति पनि खर्चन तयार थिए। पटकपटक उनको बोलीमा एउटा उत्साह सुनिन्थ्यो साम्राज्ञीको सफलतालाई लिएर। आशिर्वादका शब्द खर्चदै गर्दा उनले साम्राज्ञीका लागि अन्त्यमा बोलेका केहि शब्द निकै तार्किक र मर्मस्पर्शी समेत रहेका थिए।
उनि भन्छन्, नातिनी सफलताको उचाई जति पाउदै जान्छौ आफ्नो कर्ममा उति नै निश्वार्थ भएर अगाडी बढ्नु। तिम्रो चामत्कारिक सफलताको कामना गर्दै काममा ‘म र मैले’ भन्नु भन्दा पनि ‘हामी र हामीले’ भन्ने शब्द र त्यसको अर्थलाई आत्मासाथ गर्दै अगाडी बढ्नु।’