२०८१ वैशाख २१ गते | 3rd of May 2024

नेपाली नेशनल कन्भेन्सन शिकागोमा शुरु

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १६ गते १७:३२

शिकागो –  ‘नेपाली समुदायको लागी एकता’ भन्ने नाराका साथ नेपाली नेशनल कन्भन्सन शिकागोमा शुक्रबार शुरु भएको छ । अमेरिकामा रहेका नेपालीहरुको पुराना तिनवटा संस्थाहरु, एएनए, नाशा र अन्माले संयुक्त रुपमा पहिलो पटक आयोजना गरेको सो कन्भेन्सनको पहिलो दिन शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भयो । 

कार्यक्रममा प्रमुख अतिथि, पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुर्वमन्त्रि सुरेन्द्र पाण्डे, कांग्रेस नेता विश्वप्रकाश शर्मा, नेपाली महाबाणिज्यदुतहरु प्रेमराजा महत, ऋषि ढकाल कलाकारहरु भुवन केसी, सुनील थापा, प्रमोद खरेल, निता ढुंगाना, हिमाल सागर लगायतको उपस्थिति थियो । 

कार्यक्रमको दोस्रो दिन, शनिबार, उद्घाटन समारोह र विभिन्न विषयमा सेमिनारहरु संचालन हुनेछन् । कार्यक्रमको आकर्षणको रुपमा रहेका राष्टिय आविश्कार केन्द्रका महाविर पुनले नेपाल फोरममा कार्यपत्र प्रस्तुत गर्नछन् । “नेपालको विज्ञानप्रविधिको विकासको लागी अत्यावश्यक मानिएको आविश्कार केन्द्रको बारेमा नेपाल फोरममा व्यापक अन्तक्र्रिया हुनेछ ।” फोरमका संयोजक एवं एएनएका अध्यक्ष मेदिनी अधिकारिले बताए । कार्यक्रममा लागानी फोरम, नेपालको पर्यटन प्रवर्धन सम्बन्धी सेमिनार, रोजगारि फोरम, र स्थानिय संस्थाहरुसंग सहभागीता जस्ता महत्वपुर्ण सेमिनारहरु राखिएको छ । शनिवार सांझ युवाहरुका ढुकढुकी गायक प्रमोद खरेल, हिमाल सागर,निमा रुम्बा र कर्म व्याण्डको संगीतिक प्रस्तुली रहने छ । 

कार्यक्रमको तेस्रो दिन, आइतबार बर्तमान समयमा ज्यादै आवश्यक मानिएको आप्रवासन तथा व्यवसायीक कानून सम्बन्धी सेमीनार हुनेछ जसमा न्यूयोर्कका कानून व्यवसायी बासु फुलारा श्रोत व्यक्तिका रुपमा रहेका छन् । “बर्तमान अमेरिकी कानून र नेपाली समुदायका सामयीक कानूनी सरोकारहरुमा यो सेसन केन्द्रित हुनेछ ।” फुलाराले भने । आइतबार नै अन्माको निर्वाचन पनि हुनेछ । खेलकुद प्रतियोगिता, स्वास्थ्य सम्बन्धी सेमिनार, गिभिगं ब्याक्क टु मदरल्याण्ड र महिला सशक्तिकरण तथा घरेलु हिँसा आइतबारका अन्य आकर्षणहरु हुन् । कार्यक्रममा एएनए, नाशा, अन्माले नेशनल कन्भेन्सनको सम्बन्धमा एक संयुक्त प्रतिबेदन पनि प्रस्तुत गर्नेछन् । 

कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघले पुर्वप्रधानमन्त्री माधवकुमार नेपालसंग नेपालको सामयीक विषयमा अन्तक्र्रिया आयोजना गरेको छ जसको सहजीकरण संस्थाका महासचिव किरण मरहट्ठाले गर्नेछन ।  

सम्मेलनको अर्को आकर्षणको रुपमा रहको छ नेपाली पपुलर फिल्म अवार्ड आइतबार साँझ सम्पन्न हुने सम्मेलनका प्रेससंयोजक सुर्य थापाले बताए । “अमेरिकामा रहेका नेपालीहरु बिच एकता, सद्भाव र प्रेम नै हाम्रो मुल ध्यय हो, यस मामिलामा यो सम्मेलन कोसेढुंगा सावित हुनेछ ।” सम्मेलनका प्रमुख संयोजक एवं अन्मा अध्यक्ष बाला धिमिरेले भने । अमेरिकाभरका विभिन्न संघ संस्थाका प्रतिनीधि, बुद्धिजिवी, उद्यमी र समाजीक अभियन्ताहरुको भव्य उपस्थिती रहेको सम्मलनमा विभिन्न समाजिक व्यक्तित्वहरुलाइ अमेरिकी राष्ट्रपति कार्यलयबाट प्रदान गरिएको प्रेसिडेन्ट भोलेन्टिएर्स अवार्ड हस्तान्तरण गरिएको थियो । “यो सम्मेलनलाइ देश विदेशका नेपालीले बडो उत्सुकतापुर्वक हेरिरहेका छन्, हामी शिकागोबाट नेपाली डायस्पोराको इतिहासमा एकताको सन्देश दिन सफल भएका छौँ ।” नाशा अध्यक्ष माधव ढकालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *