२०८१ वैशाख २१ गते | 3rd of May 2024

पुलिसको गोली लागेर हलिउड नायिका मारकेजको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १७ गते १६:३१

क्यालिफोर्निया – हलिउड नायिका वनेसा मारकेजको बिहिबार पुलिसको गोली लागेका कारण मृत्यु भएको छ । शुक्रबार साउथ पेसाडिनाको पुलिसले यसबारे पुष्टि गरेका हुन् । वनेसा चर्चित टिभी सिरिज ‘इआर’ मा नर्सको भूमिकाका लागि सबैभन्दा चर्चित छिन् । पुलिसका अनुसार वनेसा कुनै मानसिक रोगबाट ग्रसित थिइन् । द सनका अनुसार वनेसाका घर मालिकले उनको सुरक्षाका लागि पुलिस अधिकारीलाई बोलाएका थिए । बिहिबार दिउँसो १२ बजेतिर जब पुलिस उनको घर पुगे तब उनको स्थिती निकै नाजुक थियो ।

पुलिसलाई देख्नेबित्तिकै उनले बन्दुक तेर्साइन् । पुलिसले त्यसलाई सेमी अटोमेटिक ह्यान्डगन भन्ने ठाने र उनीमाथि गोली चलाए । पछि थाहा भयो कि त्यो एक ‘बीबी गन’ थियो । वनेसालाई तुरुन्त अस्पताल पुर्याइयो तर उनको मृत्यु भइसकेको थियो । पुलिसले शरिरमा क्यामरा लगाएपनि त्यसको फुटेज ६ महिनाअघि सार्वजनिक गर्न नसकिने बताएको छ । वनेसाकी निकै नजिककी साथी टेरेन्स तौलेस क्यानोटले ती नायिकाले स्वास्थ्य र आर्थिक समस्या झेलिरहे पनि उनलाई मानसिक रोग र डिप्रेशन नभएको ठोकुवा गरेकी छिन् । । उनले अझै पनि ओस्कर जित्ने सपना देखेको र आफ्नो करियरमा पुनः उचाईमा पुग्न चाह राखेको क्यानोटले जानकारी दिइन् । ‘उनी जीवनमा अघि बढ्न चाहन्थिन्,’ क्यानोटले भनिन्, ‘उनी ती महिला होइनन् जो मर्न चाहन्थिन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *