२०८३ असार ५ गते | 19th of June 2026

१ सय १० जनाद्धारा रक्तदान

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ १८ गते २१:३३

काठमान्डौं –  राजधानी सहित देशभर रगतको चरम अभाव भइरहेको सन्दर्भमा राजधानीमा शनिवार बृहत् रक्तदान कार्यक्रम गरिएको छ । गोकर्णेश्वर–५ स्थित जोरपाटी चोकमा गरिएको कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा महिला रक्तदाताहरुको पनि उल्लेख्य सहभागिता थियो ।

लायन्स क्लब अफ काठमाडौं डाँफे, लायन्स क्लब अफ सिन्धुपाल्चोक, लियो क्लब अफ काठमाडौं पर्सेभर्स, विश्वज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा टिम ह्याप्पी फेमेलीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने कार्यक्रम संयोजक महेश आर्चायले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *