पोखरा, ६ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर १३ काँग्रेस र एमालेको कडा प्रतिश्पर्धाको वडा मानिएको थियो । तर काँग्रेसलाई पराजीत गर्न एमालेलाई उति कठिन भएन जति सोचियो । एमालेले मेयर र उपमेयर सहित सबै सदस्य फराकिलो मत सहित जितेको छ । वडाध्यक्षमा लेख बहादुर तामाङ (दर्शन लामा) काँग्रेस उम्मेदवार बजिरमान श्रेष्ठले भन्दा ९ सय ९८ मत बढी ल्याएर बिजयी भए । तामाङको २ हजार ६ सय ६ र श्रेष्ठको १ हजार ६ सय ८ मत छ । वडा सदस्यमा पनि रहिमुल्ला मियाँ र एमालेका टंकप्रसाद भट्टराई, महिला सदस्य कृष्ण कुमारी गुरुङ तथा दलित महिला सदस्य कमला विक बिजयी भए ।
महानगर प्रमुख र उपप्रमुखमा पनि एमालेले फराकिलो मतका साथ अग्रता लिएको छ । १३ नम्बर वडामा एमाले उम्मेदवार मान बहादुर जिसीले २ हजार ४ सय ५१ मत पाउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरले १ हजार ६ सय ८० मत पाए । उपप्रमुखमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २ हजार ३ सय ८४ मत ल्याउँदा काँग्रेस उम्मेदवार सरस्वती गुरुङले १ हजार ९ सय ५१ मत पाईन् ।
१३ नम्बरको मतपरिणाम
|
नेपाली कांग्रेस |
नेकपा एमाले |
|
रामजी कुवँर |
सरस्वती गुरुङ |
मान ब जिसी |
मञ्जु गुरुङ |
|
१६८० |
१९५१ |
२४५१ |
२३८४ |
जम्मा |
१६०३४ |
१५१३८ |
१७३७२ |
१६३६९ |
|
वडाध्यक्ष १६०८ |
वडाध्यक्ष २६०६ |
|
|
|
|
|