अमेरिका – नेपाली कांग्रेस पार्टीमा अहिले नयॉ संरचना कांग्रेसको बिधान बन्दैछ । नेपाली कांग्रेसका महामन्त्री पुर्ण बा.खडका को संयोजकत्वमा पार्टीले निर्माण गरेको विधान समितिले संसारभर सकृय आफ्ना शुभेच्छुक संस्था जनसम्पर्क समितिहरुलाई अधिकारिक पत्रचार गरी सुझाब समेत मागेको थियो । 
जनसम्पर्क समितिहरुमा प्रभावशाली मानिने नेपाली जनसम्पर्क समिति, अमेरिकाले आफ्नो राय पार्टीलाई बुझाएको जनाएको छ । नेजस केन्द्रिय सदस्य एवं कानुन विभाग संयोजक कानुन व्यबसायी पिताम्बर भूसालले पार्टीलाई आफ्नो संगठनको सुझाब पठाईएको जानकारी गराउनुभएको छ ।
‘आफ्नो विभागले सम्पन्न गर्नुपर्ने सकेर पार्टीलाई अधिकारिक सुझाव पठाईसकिएको छ । सम्भव हुने काममा विलम्ब नगर्ने मेरो विभागले आफ्नो जिम्मेवारी फत्ते गरेको छ’ कानुन विभाग प्रमुख भुसालले जनाउनुभएको छ । 
नेपाली जनसंपर्क समिती, अमेरिका कानुन विभागले नेपाली कांग्रेस पार्टीलाई पठाएको सुझाव :
आदरणीय प्रमुखज्यू
विधान मस्यौदा समिति , नेपाली कागेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुर ।
मिति :- सेप्टेम्वर १०, २०१८
विषय :- नेपाली काँग्रेस विधान मस्यौदा समितिलाई सुझाव पेस गरिएको बारे ।
उपरोक्त सम्वन्धमा नेपाली कागेस विधान मस्यौदा समिति बाट बिदेश स्थित नेपाली कांग्रेसका कार्यकर्ता , जनसम्पर्क समितीमाआवद्द सदस्य , समितीका सदस्यहरू लाइ आपसमा वृहत छलफल गरि सुझाव पठाउन परिपत्र गरिए अनुसार हामी नेपालीजनसम्पर्क समिति अमेरिकीको बिभिन्न पदमा रहेका देहाय बमोजिमका पदाधिकारि र सदस्यहरूको तर्फ बाट निम्न वमोजिमकोसुझाव प्रस्ताव विधान मस्यौदा समिति समक्ष पेस गरिएको छ।
१) पार्टीको वर्तमानको केन्द्रिकृत संगठनात्मक संरचनामा परिवर्तन गरी नेपाली काँग्रेसले लोकतान्त्रिक ढाँचा अँगाल्नुपर्दछ ।कार्यकर्तामा आधारित कम्युनिस्ट पार्टीहरूका लागि उपयुक्त हुने पार्टी प्रमुखको इच्छा र चाहनामा निर्णय निर्भर गर्ने केन्द्रिकृतसंरचना नेपाली काँग्रेस जस्तो जनतामा आधारित स्वयंसेवी कार्यकर्ता भएको पार्टी संचालन गर्न र यसलाई जिवन्त बनाइराख्न उपयुक्तदेखिंदैन ।
२) नेपाली काँग्रेसलाई सही अर्थमा जनआधारित (Mass based) पार्टी बनाउन सांगठनिक संरचनामा परिवर्तन गरी नेपाली काँग्रेसकोआदर्श र सिद्दान्त स्वीकार गर्ने कुनैपनि नेपाली नागरिक पार्टीको सदस्य बन्न पाउने प्रावधान राखी उनीहरूलाई नै पार्टीकासमितिहरू, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूका साथै पार्टीका हरेक तहमा उम्मेदवार चुन्ने अधिकार दिनुपर्दछ ।
३) समानुपातिक निर्वाचनका लागि टिकट वितरण गर्ने अधिकार केन्द्रीय संसदका लागि केन्द्रीय समिति र प्रदेश संसदका लागि प्रदेशसमितिलाई दिनु वान्छनीय देखिन्छ । समानुपातिक निर्वाचनको लागि उम्मेदवार हुन पनि सम्बन्धित समूह भित्र आन्तरिक प्रतिस्पर्धाहुनु जरुरी छ । कम्तीमा पनि सम्बन्धित भातृ/शुभेच्छुक संस्थाको सिफारिशमा मात्रै संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्थागर्नुपर्दछ । उदाहरणको लागि समानुपातिक तर्फको महिला सीटमा नेपाल महिला संघको सिफारिशमा मात्रै संसदीय बोर्डले निर्णयगर्ने व्यवस्था गर्नुपर्दछ ।
४)कार्यकर्ताको मुल्यांकन र न्याय नेपाली कांग्रेस एकमात्र त्यस्तो पार्टी हो जसमा सबभन्दा बढी संगठन र राज्यको पदहरुमा अवसरप्राप्त गर्ने व्यक्तिहरु नै आफुलाई सब भन्दा अन्याय भएको भनेर चर्को स्वर गर्ने गरेका छन । पार्टीको नेतृत्वमा महा अधिबेशनमानिर्वाचनको माध्यम बाट नेतृव चुनिने हुनाले नेताहरुको केहि न केहि रुपमा कार्यकर्ताले मुल्याकन गर्ने गरेका छन, निर्वाचित केन्द्रियनेतृत्व हेर्दा कार्यकर्ताले गर्ने मुल्यांकन नेताहरुले मनोनयन गर्दा गर्ने मुल्याकन भन्दा ज्यादा न्यायपूर्ण देखिन्छ । आम रुपमा भनेनेपाली कांग्रेस भित्र कार्यकर्ता र नेताको मुल्यांकन गर्ने प्रणाली बारे सधै भरि प्रश्न/असन्तुस्टी बिध्यमान रहेको छ । अब खुल्लासदस्यता प्रणाली लागु भएपछि पार्टीमा बिगतमा संघर्षका दिनमा काम गरेका, त्याग र बलिदान गरेका कार्यकर्ताहरु पछि पर्ने हुन् कि? अर्थिंक रुपम अलि सक्षम भएका नव प्रबेशिहरुको बोलवाला हुन्छ कि ? भन्ने आशंका धेरै कार्यकर्ता को मनमा घर गरेको छ । योभावना सबभन्दा ज्यादा शोषण भएको छ । बास्तबमा आर्थिक रुपमा केन्द्रका केहि नेताहरुलाई प्रभावित पारेर टिकट लिनु पार्टीकासदस्यहरुबाट प्रतिस्पर्धा बाट चुनिनु भंदत धेरै सजिलो कुरा हो ।
कुन कार्यकर्ताले कति योगदान गरेको छ भन्ने कुरा नेता हरुको रेकर्डमा छ भन्ने भ्रम धेरै जना कार्यकर्ता हरुमा छ, बास्तवमा न त्यस्तोरेकर्ड प्रणाली छ, न रेकर्ड राख्न नै सम्भव छ । पार्टीका तर्फबाट टिकट वितरण गर्दा यी कुनै कुरा ले कहिल्लै महत्व पाएको छैन | गुटगत संलग्नता वा नेता संगको तत्कालिन सम्बन्ध नै पार्टीका तर्फ टिकट प्राप्त गर्ने प्रमुख आधार रही आएको छ ।
५)पार्टीका सदस्यले उमेद्वार चुन्ने प्राइमरी चुनाव हुनु पर्यो :प्रत्यक्ष निर्वाचन हुने सबै तहमा सोहि भूगोल भित्रका सबै नेपाली कांग्रेसकासदस्यले नेपाली कांग्रेसको उम्मेद्ववार निर्वाचनको माद्यामबाट चयन गर्ने व्यबस्था गर्नु पर्दछ । टिकटमा हुने अन्याय समाप्त गर्ने योभन्दा उपयुक्त अर्को कुनै बाटो छैन । सबै बिकशित देशमा यो विधिले काम गरेको छ र कसैले पनि टिकट नपाएको गुनासो गर्नेअवस्था भबिष्यमा आउने छैन | पार्टीका सदस्य हरुले नै आफ्नो उमेदवार छान्ने प्रणाली बनाए पछि भने वास्तविक रुपमा गरेकाकामको मुल्याकन/छलफल हुने अबस्त्था निर्माण हुने छ । केहि सिमित नेताहरुले गर्ने मुल्यांकन भन्दा धेरै संख्यामा रहेका पार्टीकासदस्य हरुले गर्ने मुल्यांकन निस्चय नै राम्रो ।
५)नेपाली कांग्रेसको महाधिवेशन हुनु भन्दा दुई बर्ष पहिला बनेका क्रियाशील सदस्यहरू बाट निर्वाचन हुनु पर्ने ।
(कारण निर्वाचन को मुखमा क्रियाशील सदस्यता वितरण गर्दा निर्वाचन लाई असर गर्दछ । )
६)केन्द्रीय सदस्यहरू स्वत महाधिवेशन हुने व्यवस्था हटाई प्रारंभिक तह बाट निर्वाचित हुनु पर्ने । (केन्दिय सदस्यहरू कार्यकर्ता मुखिहुने )
७)पदाधिकारी र केन्द्रीय सदस्य सबै निर्वाचन बाट आउनु पर्नै ।
८)संसदीय समितिमा केन्द्रीय समिति बाँट निर्वाचित हुनु पर्ने ।
१०)कार्यसम्पादन समिति २५ जना भन्दा बडि नबनाउने ।
जनसम्पर्क समितिहरुको संबन्धमा :
१) पार्टी केन्द्रसँग र विश्वभरका जनसम्पर्क समितिहरुबीच समन्वय गर्न गठन भएको ” नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति” विश्व संजाल” संबन्धी प्रावधान विधानमा राखी विश्व संजालको अधिवेशन संबन्धी व्यवस्था गर्नुपर्दछ ।
२) सबै राष्ट्रिय समितिहरूको विधान मा एक रूपता ल्याउने ।
३) नेपाली जनसम्पर्क समितिहरूको कार्यकालमा एकरूपता ल्याउने ।
४) ५०१ क्रियाशील सदस्यता पुगेका देशहरूलाई एक क्षेत्र बराबरको मान्यता प्रदान गरिनु पर्ने
५) नेपाली जनसम्पर्क समितिहरू बाट नेपाली काग्रेसको महाधिवेशन मा कम्तिमा २ जना केन्द्रीय सदस्य को पदमा उम्मेदवार हुनपाउने व्यवस्था गरिनु पर्ने
६) नेपाली जनसम्पर्क समितिमा काम गरेर नेपाल फर्केका हरूलाई सम्माजनक पदको सुनिश्चित गरिनु पर्ने ।
७) नेपाली जनसम्पर्क समवन्य विभाग मा जनसम्पर्क समितिमा काम गरेका साथीहरूलाई विभागको सदस्यमा मनोनित गरिनु पर्ने ।र पार्टीका अन्य बिभागमा बिश्व भरिका जन सम्पर्क समिती वाट समेत सहभागिता गराउनु पर्ने
८) नेपाली काग्रेसका नेताहरू अफिसियल भ्रमणमा विदेश जादा पार्टी बाट त्यहा स्थित जनसम्पर्क समितीको आधिकारिक इमेलमाजानकारी गराउनु पर्ने
९) बिदेश स्थित जनसम्पर्क समितीले उठाएको पैसाको कारणले स्वयं जनसम्पर्क समिती , त्यसका पदाधिकारि र नेपाली काग्रेससमेत बद्नाम हुनु पुगेको हुनाले त्यहा उठाएका चन्दा वा अन्य आय ब्यको जानकारी नेपाली काग्रेस पार्टीलाइ ३ , ३ महिनामा अनिवार्यरूपमा गराउनु पर्ने ।
१०) जन सम्पर्क समितीको अध्यक्ष लाइ पार्टीले त्यों भन्दा माथिल्लेो पदमा मनोनयन गरेमा निजको अघ्यक्ष पद स्वतह ख़ाली हुने रनिज भन्दा तलको बरिष्ट ब्यक्ती वा कार्यसमितीको बहुमतले कार्यवाहक दिएर निज ब्यक्तीले वाकी अवधिका। लागि कार्यवाहक भएरसगठनको काम कार्यवाही अगाडी बढाउने ।
११) जन सम्पर्क समितीको म्याद बिघानमा तोकिंए बमोजिम् हुने छ। कूनै पनि जनसम्पर्क समितीले आफ्नो म्याद सिद्दिनु भन्दा ६महिना अगाडी अनिवार्य रूपमा आफ्नो अधिवेशन/ महाधिवेशनको प्रकृया शुरू गर्री समय अबघि अर्थात पदावघि न सिद्दिदैमहाधिवेशन सम्पन्न गरि सक्नु पर्ने छ । यदी कूनै जनसम्पर्क समितीले पदावघि न सिद्दिदै महाधिवेशन सम्पन्न न गरिकन पदावघिगुजारेमा नेपाली कांग्रेसिले त्यों बैकल्पिक ब्यवस्था गरेर महाधिवेशन सम्मपन्न गराउने छ । (यदी म्याद गुजारेर बसेका समिती वा म्यादगुजार्ने हरूलाइ म्याद थप्ने प्राव्घान वा चलन राखिएमा त्यसै लाइ टेकेर आफ्नो म्याद थपाउने काम भइ रहने हुनाले कूनै पनि जनसम्पर्क समितीको म्याद थप्ने ब्यवस्था राखिनु हुदैन )
१२) जनसम्पर्क समिती लाइ पार्टीले बिदेशमा भात्री सगठन मानेर गठन गरेपछि अन्य कूनै पनि सगठनका शाखा गठन गर्न नहुने वानगरिने ।
१३)नेपाली काग्रेस पार्टी द्वारा अनुमोदित बिघान बाहेक कूनै पनि अन्य बिघान जनसम्पर्क समितीले लागु गर्न नपाउने । यदी कूनै जनसम्पर्क समितीले बिघान लाइ ५०१c वा सम्बन्घित् देश सग मात्र मेल खाने प्रकारको बनाएमा वा अन्य प्रकारको वनाएमा त्योंजनसम्पर्क समितीको पार्टी सगको आवद्ता स्वतह समाप्त हुने छ ।
भवदीय
पिताम्बर भुसाल
प्रमुख, कानुन विभाग
एव केन्द्रीय सदस्य
नेपाली जनसंपर्क समिती, अमेरिका
केन्द्रिय समिती ।
नेपाली कांग्रेस विधान समितिले नेजस अमेरिकालाई सुझावको लागि पठाएको अनुरोध पत्र :