भर्जिनिया – अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजना । दुई दिन देखिको लगातार वर्षा, तर पनि अमेरिकामा रहेका दिदी बहिनीको मुहारमा छाएकै थियो हर्ष । वासिङ्टन डिसी नजिकै भर्जिनिया अवस्थित दुर्गा मन्दिरको ठुलो सभा हल खचाखच भरिएको थियो ।![](https://3.bp.blogspot.com/-p8KnAcCPqGU/W5aXVw12rsI/AAAAAAAAzxA/VuckMC8s1Tsc4sVf4a6j4XfYvoAr_ZVMgCLcBGAs/s640/eth.JPG)
त्यहाँको वातावरण देख्दा लाग्थ्यो – हामी नेपाल मै छौँ । तीज महोत्सव अमेरिका २०१८ जहाँ निःशुल्क प्रवेश, तीजको दर, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने व्यवस्था, साथमा तीजको किनमेल स्टलहरू पनि समावेश थिए । सेप्टेम्बर ९ तारिख आइतबार बिहान १२ बजे देखी सुरु भएको तीज महोत्सव बेलुकी ६ बजे सम्म लगातार चलिरह्यो ।![](https://3.bp.blogspot.com/-SYIFAAdm97I/W5ZvZHh9vTI/AAAAAAAAztE/XjgqDrwmjt0kKbr2JS4QuwZmI44R90dTgCLcBGAs/s640/IMG_5268-800x533.jpg)
अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले तीज पर्व सँग जोडिएका शिव पार्वतीको तस्बिर अगाडि पानसमा बत्ती बालेर तिज महोत्सव उद्घाटन गर्नुभयो, अनि सुरु भए तीजका गीतहरू र नाचहरूका वर्षा । दुई वा दुई भन्दा बढीको सामूहिक गीत र नाच होस वा पुरै हल जुरुक्क उठेर नाच्दा नेपालको तीज र वातावरण झलझल याद आउँथ्यो । नेपाली लोक संस्कृति अमेरिकामा पनि छाएको महसुस हुन्थ्यो ।![](https://3.bp.blogspot.com/-CaaTyuAnF0A/W5ZvA0hg_dI/AAAAAAAAzqE/8v2vAFqdnNoii2iEnmyNes0Ul6hMfYLKQCLcBGAs/s640/41429325_10215572080988363_4530612579365552128_n.jpg)
कार्यक्रममा प्रमुख अतिथि रहेका राजदूत डा. कार्कीले तीजको महत्त्व बारे प्रकाश पार्दै अमेरिकामा पनि तीज महोत्सव आयोजना गरेर अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीले उल्लेखनीय काम गरेकोमा मुक्त कण्ठले प्रशंसा गर्नुभयो । वहाँले तीज एउटा पर्व मात्र नभएर संस्कृति पनि भएकोले यसको जगेर्नामा ध्यान दिनुपर्ने बताउनुभयो ।![](https://4.bp.blogspot.com/-mpsqSEcOTTI/W5Zuz3YmZcI/AAAAAAAAzoU/F8svIqk8FdMqKFufZGu-D3fCMAaqcq9iwCLcBGAs/s640/41371595_10215572145309971_7488850675481182208_n.jpg)
आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले तीजका गीत र नाच आजकल रत्यौली बन्दै गइरहेको, त्यो भन्दा पनि बढी छाडा र विकृतिपूर्ण बन्दै जानु दु:खुद भएको बताउनुभयो । हामीले देशमा सबै कुरा त खायौँ खायौँ अलिकति बाँकी रहेको लोक संस्कृतिलाई बँचाउनुपर्छ अन्यथा हाम्रो सम्पूर्ण पहिचान गुम्ने छ खनालले भन्नुभयो ।![](https://3.bp.blogspot.com/-OExXR-oZ0eE/W5Zu1miEMZI/AAAAAAAAzos/Sv6hBXAtSlkfFAYvTXhgCilgdpT7cC1JACLcBGAs/s640/41392578_10215572087908536_6118833958634389504_n.jpg)
अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भुप नारायण घर्तिमगरले तीज पर्व र यस सँग जोडिएका तथ्यहरूका बारेमा प्रकाश पार्दै तीज को एतिहासिक महत्त्व रहेको बताउनुभयो ।![](https://3.bp.blogspot.com/-0zXGHxA847U/W5ZvIG13VhI/AAAAAAAAzrA/A9ZeOhpWG6sDEN3eEGeM7X0HKCDnxS3HgCLcBGAs/s640/41497362_10215572102028889_959865301632024576_n.jpg)
नेपाली संघ संस्था र महिलाहरूको प्रतिनिधित्व गर्दै अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजा र अमेरिकी महिलाहरूको प्रतिनिधित्व गर्दै डा. जुडी फ्रेडिकसन सुवेदीले तीज महोत्सवको सफलताका लागि शुभकामना दिनुभएको कार्यक्रममा अनेसास डिसीका उपाध्यक्षद्वय अरुण रुपाखेती र रजनी श्रेष्ठले धन्यवाद ज्ञापन र स्वागत मन्तव्य राख्नुभएको थियो ।![](https://1.bp.blogspot.com/-DaK4G-HL7uE/W5aXSWV7EgI/AAAAAAAAzwg/u9fxhQnwwggJylf8vkQfOrimoLswE3xIgCLcBGAs/s640/87o78.JPG)
कार्यक्रम अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भुप नारायण घर्तिमगर, उपाध्यक्ष बिमला निरौला, सुस्मा खनाल, बिना घर्तिमगर, रोजा वलीले सँचालन गर्नुभएको थियो ।![](https://3.bp.blogspot.com/-ckm6XyFttkU/W5aXTIZzxRI/AAAAAAAAzwo/aGFJF78yTC8ecvbDEnaFSd2Bw8XRNyfmgCLcBGAs/s640/asfas.JPG)
कार्यक्रममा कोसाध्यक्ष पुस्कर पन्त, आर्थिक उपसमिती संयोजक खगेन्द्र थापा र स्वयमसेबक संयोजक मुकुन्द कोइरालाले आफ्नो जिम्मेवारी अन्तरगतका विवरण पेश गर्नुभएको थियो ।![](https://3.bp.blogspot.com/-zzTZDYZ2LGg/W5aXTZEjKvI/AAAAAAAAzws/41dHJuEOjegPpzhfaeS9qt_Digxyl9DGACLcBGAs/s640/cgvb.JPG)
स्मरण रहोस अमेरिकामा हरेक वर्ष आयोजना गरिँदै आएको तीज महोत्सव पहिलो पटक सन २००८ मा रामप्रसाद खनालले सुरुवात गर्नुभएको थियो । सो भन्दा अगाडि अमेरिकामा तीजको औपचारिक कार्यक्रम भएको कुनै तथ्य भेतिंदैन । सन २००८ मा तीज महोत्सव सुरु गरिए पछि का वर्षहरूमा भने अमेरिकाका विभिन्न राज्यहरूमा तीजका कार्यक्रमहरू आयोजना गर्न थालिएको देखिन्छ ।![](https://2.bp.blogspot.com/-tGRhf1qz_Uk/W5aXTyZCzEI/AAAAAAAAzww/YJBFpi1k4RcIfOfCa_D-nDOK8tOJ0LiwACLcBGAs/s640/dtjjt.JPG)
कार्यक्रमको अन्त्यमा गीत र नाचमा सहभागी टोली र तीज महोत्सवका सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।![](https://1.bp.blogspot.com/-Ajvnl9UAA-Q/W5aXVRF0xvI/AAAAAAAAzw8/lK98HA8kHrEYv62kmz5dh0KW39EXw-HDQCLcBGAs/s640/erreh.JPG)
![](https://1.bp.blogspot.com/-2WkCTepgztk/W5aXWfjPcfI/AAAAAAAAzxE/PYWaMdbhOTECpgJaiW5SVuc4tWSV7s8WwCLcBGAs/s640/ghj.JPG)
![](https://3.bp.blogspot.com/-awKdC4oYKQY/W5aXWxKYvUI/AAAAAAAAzxI/sR584FAPssgRK45sMwaxt0I6g-t-doMpQCLcBGAs/s640/ghyh.JPG)
![](https://1.bp.blogspot.com/-Y4Orz31_gDE/W5aXXVLNr1I/AAAAAAAAzxM/ShbylniLVLcseKEtB7GCJ4lTcJkES-gYwCLcBGAs/s640/gvbsdg.JPG)
![](https://2.bp.blogspot.com/-h_gRqcaRPN0/W5aXYzU1vpI/AAAAAAAAzxY/-IT0nMxTh_sO-KhUiOtBcxbaKdS5SJa8wCLcBGAs/s640/hrthrt.JPG)
![](https://3.bp.blogspot.com/-IBpUo4NehJY/W5aXZfIFTHI/AAAAAAAAzxc/Cy3D66ho5rcPn6-TMtiaHK5SciAG12NygCLcBGAs/s640/iuuil.JPG)
![](https://3.bp.blogspot.com/-eFQHKYpv65A/W5aXae8wojI/AAAAAAAAzxk/mNj3gLxLbvw6tjvOhNCEHljzbAnlDJ6-QCLcBGAs/s640/jf.JPG)
![](https://2.bp.blogspot.com/-eh2iB2W3UGY/W5aXeVo60HI/AAAAAAAAzyE/yG-D2Xp6dF8IdByk5USViHsMmiKHuqrAwCLcBGAs/s640/rfhdh.JPG)
![](https://3.bp.blogspot.com/-zIlutE6zVjA/W5aXhfc6dSI/AAAAAAAAzyc/BDxiuwDXtSwWE8US_QcXni39yQCEBEV0gCLcBGAs/s640/urtgj.JPG)
![](https://3.bp.blogspot.com/-yVy426gwk4w/W5Zu2LNuf7I/AAAAAAAAzow/dbJmBKOXScUNziHHKMglczJ1tooia2c8gCLcBGAs/s640/41393547_10215572119429324_6515173957321097216_n.jpg)
![](https://1.bp.blogspot.com/--pt15kwLM3k/W5Zu3O-GDWI/AAAAAAAAzo4/9JEVE9oXt2cCOTG4tGRuB2NJ8hQg6vnTgCLcBGAs/s640/41394992_10215572075068215_7847158459588935680_n.jpg)
![](https://3.bp.blogspot.com/-xfVh6oMfuAM/W5Zu3h0BsCI/AAAAAAAAzo8/iTBG2cfnpHUy-oBTo6vkDu8CoQfBmS2_wCLcBGAs/s640/41395055_10215572077388273_662455996253208576_n.jpg)
![](https://2.bp.blogspot.com/-7AohHnLessU/W5Zu4O96ejI/AAAAAAAAzpA/K41yaFLFeTUBSWugpOLTXrKIabkvszyfACLcBGAs/s640/41402421_10215572099908836_8928634411587469312_n.jpg)
![](https://3.bp.blogspot.com/-uFLnxaa9bGI/W5Zu58FlYbI/AAAAAAAAzpM/Pj8wPHCl-8EQG2esVyxULKdgqs5c428AACLcBGAs/s640/41403615_10215572133749682_219427061654093824_n.jpg)
![](https://2.bp.blogspot.com/-bvinwRksonI/W5Zu6ttT3tI/AAAAAAAAzpU/kvoHPQVu2GkknBD6JHpVnRvfNBR6nwsTQCLcBGAs/s640/41406002_10215572079508326_78039783401586688_n.jpg)
![](https://3.bp.blogspot.com/-0Bmui57uNwY/W5Zu76P9DxI/AAAAAAAAzpc/ujeosVyviQQ9anvGNCoiOQ8VXWm3hBJdQCLcBGAs/s640/41409163_10215572162270395_1846729623954522112_n.jpg)
![](https://3.bp.blogspot.com/-SOq-rOGzXzU/W5Zu9WBwohI/AAAAAAAAzpo/umUtbSob6BwFxCS6dy2KIjC2RRyQeFe4QCLcBGAs/s640/41413769_10215572117749282_4762373322509910016_n.jpg)
फोटो : रामप्रसाद खनाल