गोकुल ढकाल
लस एन्जलस, क्यालिफोर्निया ।
स्थापनाको समयदेखी नै रचनात्मक काम गर्दै आईरहेको ग्रेटर साउदर्न क्यालिफोर्नियाको स्थापित सामुदायिक संस्था नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाले आफुलाई स्थानिय समाजमा कुनै न कुनै रुपमा सकृय राख्दै आएको छ ।
त्यसै सामुदायिक कार्यमध्यको एक ‘रक्तदान जीवनदान’ कार्यक्रम नेवा समाजले लस एन्जलसमा निरन्तर सम्पन्न गर्दै आईरहेको एउटा सामुदायिक कार्य हो । दाताहरुले एक चोटी रक्तदान गरिसकेपछी अर्कोपटक रक्तदान गर्ने उपयुक्त समयानुकुल पारेर संस्थाले अमेरिकन रेडक्रससंग संयोजन गर्दै नियमित रक्तदान कार्यक्रम सम्पन्न गर्दै आईरहेको छ ।
![](http://www.khullaManch.com/wp-content/uploads/2017/05/blood-donation-231x300.jpg)
उक्त ‘रक्तदान जीवनदान’ कार्यक्रमको निरन्तरतास्वरुप आगामी अाईतवार, तदअनुरुप जुन २१ तारिख, २०१७ मा संस्थाले रक्तदान कार्यक्रम राखेको संस्थाका महासचिव बिमल श्रेष्ठले बताउनुभएको छ ।
ग्रेटर लस एन्जलस क्षेत्रको गौरव श्रीपशुपतिनाथ फाउन्डेशनको प्रांगणमा आयोजना हुने रक्तदान कार्यक्रममा सहभागी भएर मानव सेवाको यो महान अभियानमा हातेमालो गरिदिन नेपाली समुदायसंग महासचिव श्रेष्ठले अनुरोध गर्नुभएको छ । ‘
कार्यक्रमबारे जानकारी :
स्थान : श्रीपशुपतिनाथ फाउन्डेशन
ठेगाना : 10843 Kenney St, Norwalk, CA 90650
समय : बिहान ९:०० बजेदेखी बेलुकी ३:०० बजेसम्म
![Image may contain: 1 person, text](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.0-9/14344928_671525046344446_1777473430790155356_n.jpg?oh=ffb7b74307098f701f7186b2781bbc4e&oe=59AEA1E5)