२०८२ वैशाख ३० गते | 13th of May 2025

कम्युनिस्ट आदर्श एक काल्पनिक घोडा मात्र

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १ गते ११:१८

विश्व इतिहासमा विगतदेखि वर्तमानसम्म कम्युनिस्ट आदर्श/सिद्धान्त/दर्शन जे भन्नुहोस्, यो एउटा काल्पनिक घोडा मात्र प्रमाणित भएको छ । न त माओ स्वयम् नै कम्युनिस्ट हुन सके, न स्टालिन न लेनिन नै ।

संसारमा जहाँ जहाँ गरीबी छ त्यहाँ त्यहाँ कम्युनिस्ट नामको बल्छि थापेर सत्ताको बाजी मार्न पल्केका ऐरे गैरे कम्युनिस्टहरूले त झन् त्यो देश काल परिस्थितिसँग भन्दा पनि कम्युनिष्ट शब्दमाथि नै झन् नराम्रो ब्यभिचार गरेका दृष्य विश्व इतिहास र वर्तमानमा छर्लंग छ । धूर्त सामन्ती र अपराधी समूहहरूले नै सामन्तको विरूद्दमा र सर्बहाराको पक्षमा भन्दै संचालन गरेका कथित कम्युनिष्ट आन्दोलनहरूको भित्री रहस्य नबुझी पटक पटक उनीहरूको हतियार हुनु नै कुनै पनि देशका गरीबहरूको निम्ति अभिशाप बन्दै आइरहेको छ ।

शासन र सत्तामा पुगेर पनि – हिंस्रक, झुटा र उत्तौला नाराहरूको बुईं चढ्ने बानी परेका कम्युनिष्टहरूले आफू सरकार जस्तो हुन नसकेर विपक्षीहरूलाई सखाप बनाउने क्रूर नीतिहरू अपनाएकै कारण युद्दको समाप्तिपछि पनि कम्युनिस्ट आन्दोलन भएका मूलुकहरूमा लासका दुर्गन्धहरू फैलिएको इतिहास हामी पढ्नसक्छौं । वैचारिक क्रान्तिको रटान दिने तर सँधै विचार द्वारा आतंकित भएर हिंसा उन्मुख हुने कम्युनिस्टहरूको आदिम स्वभाव अझै वर्तमानका कथित कम्युनिष्टहरूमा पनि विधमान देखिन्छ ।

अनि नेपालमा त झनै को कम्युनिस्ट हुनु ? कसरी कम्युनिस्ट हुनु ? जब की हामीले सोचेको कम्युनिस्ट भन्नु स्वयम्ममा एउटा फेन्टासी मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *