पोखरा, ६ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर १५ मा नेकपा एमालेको प्यानल बिजयी भयो । एमालेका प्रकाश पौडेल वडाध्यक्षमा बिजयी भएका छन् । निकटतम प्रतिश्पर्धी काँग्रेसका टोप बहादुर थापालाई झण्डै ५ सय मतले पराजीत गरे । पौडेलको १ हजार ९ सय ४४ मत आउँदा थापाको १ हजार ४ सय ४७ मत आयो । खुला सदस्यमा तोरण बहादुर बानिया, रुक बहादुर गुरुङ, महिला सदस्यमा पार्वती थापा कार्की र दलित महिला सदस्यमा मन्दिरा परियार बिजयी भएका छन् ।
१५ नम्बर वडाबाट महानगरको नेतृत्वमा पनि एमालेकै उम्मेदवार अगाडी छन् । एमालेका उम्मेदवार मान बहादुर जिसीले २ हजार ५२ मत पाउँदा निकटतम प्रतिश्पर्धी १ हजार ७ सय ४३ मत पाए । उपप्रमुखमा पनि एमालेकी मञ्जुदेवी गुरुङले २ हजार ३८ मत पाउँदा काँग्रेस उम्मेदवार सरस्वती गुरुङले १ हजार ६ सय ४० मत पाईन् ।
१५ नम्बरको मतपरिणाम
|
नेपाली कांग्रेस |
नेकपा एमाले |
|
रामजी कुवँर |
सरस्वती गुरुङ |
मान ब जिसी |
मञ्जु गुरुङ |
|
१७४३ |
१६४० |
२०५२ |
२०३८ |
जम्मा |
१७४९९ |
१६५३८ |
१९१४२ |
१८११५ |
|
वडाध्यक्ष १४४७ |
वडाध्यक्ष १९४४ |
|
|
|
|
|