२०८० मंसिर १३ गते | 29th of November 2023

मित्तल तथा गौचनको शालिक अनावरण

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज २ गते १९:५२

काठमान्डौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मंगलवार नै महासंघको सचिवालय अगाडि निर्माण गरिएको महासंघका संस्थापक अध्यक्ष स्वर्गिय वनवारी लाल मित्तल तथा पूर्व अध्यक्ष स्वर्गिय शरद कुमार गौचनको शालिकको अनावरण गर्नु भएको छ । शालिक अनावरण पछिको सभालाई सम्बोधन गर्दै मन्त्री महासेठले निर्माण व्यवसायीहरुको योगदान विना समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताउनुभयो । निर्माण व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको समेत मन्त्री महासेठले बताउनुभयो ।

निर्माण व्यवसायी महासंघ देशभरका निर्माण व्यवसायीहरुको छाता संगठन रहेकाले महासंघ भित्र कसैले पनि राजनीति गर्न नहुने मन्त्री महासेठको भनाइ थियो । मन्त्री महासेठले सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्न पनि सुझाव दिनुभयो । महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पाले व्यवसायीहरुको समस्याका बारेमा मन्त्री महासेठको ध्यानाकर्षण गराउनुभयो । महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठले महासंघ नेतृत्व देशभरका व्यवसायीहरुको हक हितका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *