काठमान्डौं – नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको बिक्रीदर मूल्य ११७ रुपैयाँ ०७ पैसा तथा खरिददर मूल्य ११६ रुपैयाँ ४७ पैसा छ। अघिल्लो दिनको तुलनामा यो ७५ पैसा महँगो हो। एक सातायता डलरले दैनिक उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ। डलरको मूल्य बढ्दा आयातित सामानको समेत मूल्य बढ्न भएकाले महँगीको दर बढ्न जान्छ। यसले आयातित सामानमा पूर्ण निर्भर नेपालको व्यापार घाटा समेत बढाउँछ।
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank) |
Currency |
Unit |
Buying/Rs. |
Selling/Rs. |
U.S. Dollar |
1
|
116.47
|
117.07
|
भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिल विनिमय दर रहेको छ। भारु अमेरिकी डलरसँग कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा पनि पर्न जान्छ। नेपाली रुपैयाँ सस्तो हुँदा रेमिट्यान्स बढ्छ। त्यस्तो सेवा निर्यातबाट हुने आम्दानी पनि बढ्छ भने आयात गर्दा महंगो पर्न जान्छ। नेपालले ठुला मात्रामा आयात गर्दै आएको छ।