काठमान्डौं/असोज ४ – नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा)को संयुक्त आयोजनामा ‘नेजा उत्कृष्ट ग्रामीण पत्रकारिता पुरस्कार’ पत्रकार कुम्भराज राईलाई प्रदान गरिएको छ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा प्रमुख अतिथी रहनुभएको सो कार्यक्रममा नेजाका अध्यक्ष सुदिप पन्तले दुई लाख बाईस हजार दुईसय बाईस रुपैया बाईस पैसा (रु २,२२,२२२।००)को चेक नेजाद्दारा पुरस्क्रित पत्रकार राइलाई प्रदान गरेका थिए ।
प्रमुख अतिथी महराले दोसल्ला ओढाएर पत्रकार राईलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी महराले प्रेसलाई कुन्ठित हुन नदिने र मुलुकी ऐनमा भएका विवासास्पद बुंदाहरुमा संशोधन प्रस्ताब अाईसकेको हुँदा पत्रकार साथीहरुले निर्धकताका साथ राष्ट्र निर्माणमा आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा नेपाल भ्रमणमा रहेका नेजाका अध्यक्ष सुदिप पन्तले प्रवासमा बसे पनि नेजा जहिले पनि नेपालका पत्रकारहरुसंग नै जोडीएर रहेको बताउदै दु:ख सुखमा नेजा जहिले पनि साथ र सहयोगको लागि तत्पर रहेको बताउदै आगामी दिनहरुमा नेजा र महासंघ बिच अझ प्रगाढ सम्बन्ध बिकसित हुने खालका कार्यक्रमहरु गर्ने सम्बन्धमा महासंघका अध्यक्षसँग छलफल भएको बताउनुभयो ।
पुरस्कार प्राप्त गर्ने पत्रकार कुम्भराज राइइले आफु भन्दा पनि सक्षम पत्रकारहरु ग्रामीण क्षेत्रमा रहेर उल्लेखनिय काम गरिरहनुभएको छ, र पनि आफुलाई पनि नेजाले आफ्नो क्षेत्रमा लायक सम्झेर हौसला प्रदान गर्नुभएकोमा छनौट समिती, नेजा र पत्रकार महासंघलाई हार्दिक धन्यवाद प्रदान गर्नुभयो । सो अवसरमा पत्रकार महासंघको पूर्व अध्यक्षद्वय हरिहर बिरही र शिब गाउँलेले नेजा र पत्रकार महासंघ बिचको सम्बन्धको बिषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व गर्नुभएको पत्रकार महासंघको अध्यक्ष गोबिन्द आचार्यले नेजासँगको सम्बन्ध आगामी दिनहरुमा अझ प्रगाढ हुने बिचार राख्दै नेजाले नेपालका पत्रकारहरुलाई गरिरहेको सहयोग प्रति धन्यवाद दिनुभयो । आगामी दिनहरुमा महासंघ र नेजा मिलेर तालिमको ब्यबस्थापन गर्ने बिषयमा सल्लाह भएको जानकारी गराउनुभयो । सो कार्यक्रममा कार्यक्रम संचालक सस्थाको महासचिब रमेश बिष्टले पुरस्कार छनौटका प्रकृया लगायतको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
फोटो : सुदिप पन्त