पोखरा, ६ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर १४ मा काँग्रेस अगाडी छ । वडाध्यक्षका काँग्रेस उम्मेदवार बोध बहादुर कार्कीले एमाले उम्मेदवार प्रेम बहादुर कार्की क्षेत्रीलाई १ सय १९ मतान्तरले पछि पारेका छन् ।
बोधले ८ सय ७ मत पाउँदा प्रेमले ६ सय ८८ मत पाए । वडा सदस्यमा बिष्णु प्रसाद पोख्रेल, दिवस कुँवर, महिला सदस्य इन्द्र माया बानिया र दलित महिला सदस्यमा एमाले उम्मेदवार सुन कमली कामी अगाडी छिन् ।
१५ नम्बर वडाबाट महानगरको नेतृत्वमा मिश्रित परिणाम छ । मेयरमा काँग्रेस उम्मेदवार एमाले भन्दा पछाडी छन् भने उपमेयरमा एमाले भन्दा काँग्रेस उम्मेदवार अगाडी देखिएको छ । काँग्रेसका रामजी कुवँरले ७ सय ५१ मत ल्याए भने एमालेका मान बहादुर जिसीले ८ सय ९ मत ल्याए । काँग्रेस उम्मेदवार सरस्वती गुरुङले ७ सय १४ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङले ७ सय ३ मत पाईन् ।
१४ नम्बरको मतपरिणाम
|
नेपाली कांग्रेस |
नेकपा एमाले |
|
रामजी कुवँर |
सरस्वती गुरुङ |
मान ब जिसी |
मञ्जु गुरुङ |
|
७५१ |
७१४ |
८०९ |
७०३ |
जम्मा |
१८२५० |
१६५३८ |
१९९५१ |
२१५७९ |
|
वडाध्यक्ष ८०७ |
वडाध्यक्ष ६८८ |
|
|
|
|
|