पोखरा, ६ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर १४ मा काँग्रेसको अग्रता कायमै छ । वडाध्यक्षका काँग्रेस उम्मेदवार बोध बहादुर कार्कीले एमाले उम्मेदवार प्रेम बहादुर कार्की क्षेत्रीलाई १ सय ११ मतान्तरले पछि पारेका छन् । बोधले १ हजार २ सय ७१ मत पाउँदा प्रेमले १ हजार १ सय ६० मत पाए ।
१५ नम्बर वडाबाट महानगरको नेतृत्वमा मिश्रित परिणाम छ । मेयरमा काँग्रेस उम्मेदवार एमाले भन्दा पछाडी छन् । उपमेयरमा पनि एमाले काँग्रेस भन्दा अगाडी देखिएको छ । काँग्रेसका रामजी कुवँरले १ हजार १ सय ७१ मत ल्याए भने एमालेका मान बहादुर जिसीले १ हजार ३ सय ५९ मत ल्याए । काँग्रेस उम्मेदवार सरस्वती गुरुङले १ हजार १ सय ७४ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार १ सय ९१ मत पाईन् ।
१४ नम्बरको मतपरिणाम
|
नेपाली कांग्रेस |
नेकपा एमाले |
|
रामजी कुवँर |
सरस्वती गुरुङ |
मान ब जिसी |
मञ्जु गुरुङ |
|
११७१ |
११७४ |
१३५९ |
११९१ |
जम्मा |
१८६७० |
१७७१२ |
२०५०१ |
१९३०६ |
|
वडाध्यक्ष १२७१ |
वडाध्यक्ष ११६० |
|
|
|
|
|