२०८२ मंसिर १ गते | 16th of November 2025

सामाजिक अभियान्ता सबिता उप्रेती सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ६ गते २०:५०

काठमाडौ/असोज ६ – सामाजिक सेवा दिवसको अवसर पारेर रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषद्वारा अटिजम बालबालिकाको सेवामा क्रियाशिल बिशेष स्कुल तथा पुनःस्थापना केन्द्रकी संस्थापक तथा अध्यक्ष सबिता उप्रेती नगद रु एक लाख सम्मानपत्र दोसल्ला सहित ‘रामबाबु-ज्ञानु समाजसेवी पुरस्कार’ बाट सम्मानित भएकी छन । काठमाडौ जन्म भइ नेदरल्यान्ड बसोबास गर्नु हुने इन्दिरा लामाले कोषद्वारा सम्मानित उप्रेतीको संस्थालाई आफ्नु तर्फबाट रु पच्चीस हजार उहाको तर्फबाट कोषले हस्तान्तरण गरिएको थियो।

उप्रेतीले विगत आठ बर्ष देखि आफ्नु सम्पुर्ण जीवन अटिजम भएका बालबालिकाहरुको शिक्षा ,स्वास्थ र पुनःस्थापनामा समर्पित गर्दै आइरहेकी छन । उनको संस्थामा हाल ४५ जना अटिजम भएका बालबालिकाहरुले सेवा पाइरहेका छन भने २६ जना कर्मचारीहरु लगाएत थेरापिष्टहरु कार्यरत छ्न । नियमित स्रोत साधनको अभावमा पनि सिमीत स्रोत साधन बाट संचालित उक्क्त संस्थाको कार्य उदाहरणीय छ । उप्रेतीले सम्मान पछि खुशी व्यक्त गर्दै यो सम्मानले हौसला प्रदान गर्नुको साथै जिम्मेवारी थपिएको बताइन् ।

साथमा बिराटेश्वर वृदा आश्रम सेवा समिती विराटनगरको अध्यक्ष जगत प्रसाद अर्याल नगद रु दुई लाख र अपांग सेवा संघ बुङमती ललितपुरको अध्यक्ष दयाराम महर्जन नगद रु एक लाख सहित सम्मानित भएको छन । सो सम्मान प्रमुख अतिथी तिलगङा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक सन्दुक रुइत , कोषको संरक्षक रामबाबु नेपाल , ज्ञानु नेपाल तथ अध्यक्ष ध्रुव नेपालद्वारा संयुक्क्त रुपमा प्रदान गरिएको थियो । नेपालद्वारा बाबू आमाको नाममा स्थापित कोषले स्वयंसेवाको भावनाले सामाजिक सेवा जस्तो पुनित कार्यमा समर्पित भइ नेपालीको हितमा उदाहरणीय योगदान गर्ने व्यक्ति वा सामाजिक संस्थाको योगदानको सम्मान गर्ने उदेश्यले २०७१ देखि सामाजिक सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

https://www.facebook.com/rupantarannyc/videos/2249332758427360/

Leave a Reply

Your email address will not be published. Required fields are marked *