लस एन्जलस – नेवा समाज, साउदर्न क्यालिफोर्निया च्याप्टरले नेपालमा शुरु भएको प्रख्यात धार्मिक तथा सांस्कृतिक परम्परागत पर्व ईन्द्रजात्राको अवसर पारेर लस एन्जलस शहरमा पहिलोपटक ‘यन्य पुन्ही’ – ‘ईन्द्रजात्रा कार्यक्रम’ को आयोजना गर्दैछ । प्रवासमा नेपाली परम्परा, संस्क्रिती, धर्म र नेवारी कलाको प्रबर्धनका लागि आगामी सोमबार ‘समयबजी भेटघाट’ को आयोजना गरेको छ । ![Image may contain: 1 person](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.0-9/14354912_672040432959574_6361388145558760449_n.jpg?_nc_cat=108&oh=3c2268d12e09e50eeba1b1cdf80046c7&oe=5C1EF709)
स्थानिय कलाकारहरुले प्रस्तुत गर्ने नेवारी परम्पराका प्रस्तुतीहरु र ईन्द्रजात्राको झझल्को दिने झांकी पनि प्रस्तुत गरिने कार्यक्रम रहेको संस्थाका महासचिव बिमल श्रेष्ठले जानकारी गराएका छन । श्रेष्ठकानुसार कार्यक्रममा नेवारी खानाको सेवा रहने ब्यबस्था मिलाईएको छ । ![No automatic alt text available.](https://scontent-lax3-1.xx.fbcdn.net/v/t1.0-9/13240549_610693535760931_8232749383254291425_n.jpg?_nc_cat=102&oh=a2a381a0da6e4642053fcc9328883171&oe=5C6013B4)
नियमित रक्तदानजस्तो सामाजिक कार्यक्रम, म्ह पूजाजस्तो परम्परागत सांस्कृतिक कार्यक्रम, लस एन्जलसमा हुने हरेक कार्यक्रममा निस्वार्थ सेवारत नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाले नेपाली कलाको प्रचार र प्रवर्धनका लागि आयोजना गरेको ‘ईन्द्रजत्रा – यन्य पुन्ही’ कार्यक्रमले नामका लागि मात्र नभै सामाजिक कामका लागि पनि संस्थाहरुको जन्मा हुनुपर्छ भन्ने सन्देश दिएको छ । ![](http://www.khullaManch.com/wp-content/uploads/2018/09/indra-jatra.jpg)
कार्यक्रम बारे जानकारी :
स्थान : Tara Himalayan Cuisine
समय : 7 : 00PM – 10 : 00PM
मिती : September 24, Monday
संपर्क : Durga Shrestha @ 213-819-2385
: Bimal Shrestha @ 657- 337- 6688