२०८२ वैशाख ७ गते | 20th of April 2025

अन्तरराष्ट्रिय तामाङ समन्वय समिति गठन

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ७ गते १०:४४

न्यूयोर्क – तामाङ समाज अमेरिकाको अध्यक्ष श्रीमती सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले ३ जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ जना बोर्ड अफ डिरेक्टर कार्यकारिणी बोर्डमा मनोनित गर्न सक्ने प्रावधान छ । सेप्टेम्बर २२ मा बसेको तामाङ समाज अमेरिकाको प्रथम बोर्ड बैठकले यी ३ जना बोर्ड अफ डिरेक्टरको मनोनयनलाई अनुमोदन गरेको हो ।

त्यसै गरेर अन्तरराष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने उद्देश्यले भरत मोक्तान तामाङ, शान्त थोकर र लुईसाङ वाईवा तामाङ रहेको तीन सदस्यीय अन्तरराष्ट्रिय तामाङ समन्वय समिति पनि बैठकबाट अनुमोदन भएको छ । बैठकले वरिष्ठ उपाध्यक्ष ब्रजेश लामाको अध्यक्षतामा इन्फर्मेशन टेक्नोलोजी कमिटी, उपाध्यक्ष सुमित्रा योन्जनको अध्यक्षतामा महिला शशक्तिकरण कमिटी, सचिव विनिता तामाङको अध्यक्षतामा एक्सटर्नल एफ्येर्स कमिटी, कोषाध्यक्ष फुरु लामाको अध्यक्षतामा आर्थिक कमिटी, सजुन थोकरको अध्यक्षतामा युवा तथा खेलकुद कमिटी, यूनिशा तामाङको अध्यक्षातामा सांस्कृतिक कमिटी, रिनु तामाङको अध्यक्षतामा बालबालिका विकास कमिटी, रोजबहादुर घिसिङको अध्यक्षतामा इमिग्रेशन कमिटी र दिपेन्शा लामाको अध्यक्षतामा एजुकेशन कमिटी गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *