२०८१ साउन ११ गते | 26th of July 2024

पोखरा १७ मा एमाले अगाडी (१४०१)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ६ गते ९:२९

पोखरा, ६ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको जारी मतगणना अनुसार महानगरको १७ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ । अध्यक्ष पदका उम्मेदवार तीर्थराज अधिकारीले काँग्रेस उम्मेदवार पुण्डरी प्रसाद बराललाई २ सय १ मतले पछि पारेका छन् । अधिकारीको ५ सय ४२ मत छ भने बरालको ३ सय ४१ मत छ ।
सदस्यहरुमा नेकपा एमालेकै उम्मेदवारहरु अगाडी छन् । खुला सदस्यमा बैकुण्ठ भण्डारी, शान्तादेवी गुरुङ, महिला सदस्यमा राधिका कुमारी शाही र दलित महिला सदस्यमा तारा परियार अगाडी छन् ।
महानगरको प्रमुख उपप्रमुखमा पनि नेकपा एमाले अगाडी छ । एमाले उम्मेदवार मान बहादुर जिसीले ५ सय २४  मत पाउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरको ४ सय ६९ मत छ । उपप्रमुखमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङको ५ सय २७ तथा काँग्रेस उम्मेदवार सरस्वती गुरुङको ३ सय ३९ मत छ ।

१७ नम्बरको मतपरिणाम

  नेपाली कांग्रेस नेकपा एमाले
  रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
  ४६९ ३३९ ५२४ ५२७
जम्मा १९३६४ १८२७२ २१३२७ २००९७
  वडाध्यक्ष ३४१ वडाध्यक्ष ५४२

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *