२०८० मंसिर २१ गते | 7th of December 2023

सलमान खानद्दारा क्याट्रिनालाई १२ करोड पारिश्रमिक

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ९ गते ९:३२

मुम्बई – प्रियंका चोपडाले फिल्म ‘भारत’ छाडेपछि सलमान खानले कट्रिना कैफलाई आफ्नो फिल्ममा अनुबन्धित गरेलगत्तै सलमानले कट्रिना कैफलाई फिल्म भारतमा डबल पारिश्रमिक दिने भएका छन् । भारतीय मिडियाका अनुसार सलमानले यो फिल्ममा पहिला कट्रिनालाई नै लिन चाहे पनि उनकी बहिनि अर्पिताको कारणले प्रियंकालाई लिएका थिए। प्रियंकाले छाडेपछि कट्रिना पारिश्रमिक नै तय नगरि फिल्म गर्न तयार भएकी थिइन् ।

प्रियंकालाई फिल्मका लागि १२ करोड दिइएको पारिश्रमिक नै कट्रिनाले पाउने भएकी हुन् । प्रति फिल्म ६ देखि ७ करोड करोड लिदै आइरहेकी कट्रिनाले सलमानले ‘भारत’ मा उनलाई १२ करोड पारिश्रमिक दिने निर्णय गरेका छन् । अली अब्बास जफरले निर्देशन गर्ने भारत २०१९ को ईदमा रिलिज हुनेछ । जाफरले सलमान खानसँग यसअघि २०१६ मा आएको फिल्म ‘सुल्तान’ र वर्ष २०१७ मा आएको फिल्म ‘टाइगर जिन्दा हे’ मा सँगै काम गरिसकेका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *