काठमाडौं – अघिल्लो टि-१० क्रिकेट लिगको विजेता टिम केरला किंङ्ग्स जसले सन्दिप लामिछानेलाई आफ्नो टिममा अनुबन्ध गरेको छ । युनाइटेड अरब इमिरेट्समा आगामी नोभेम्बरमा हुने टि-१० क्रिकेट लिगमा सन्दिप महँगा खेलाडीको हैसियतमा अनुबन्धित भएका छन् ।
नेपाली क्रिकेटका लागि गौरवको नाम बनेर सन्दिप विश्व क्रकेट मञ्चमा एक पछि अर्को चमत्कार गरिरहेका छन् ।
नेपाली युवा लेगस्पिनर सन्दिप लामिछाने फेरि अर्को ठूलो अन्तर्राष्ट्रिय लिगमा छनोट भएका छन् । उनी महंगो मूल्यमा टि–१० क्रिकेट लिगका लागि छनोट भएका हुन् । यसअघि सन्दिपले इन्डियन प्रिमियर लिग टि–२०, ग्लोबल टि–२० क्यानडा, क्यारेबियन प्रिमियर लिग टि–२० खेलिसकेका छन् । उनी अफगानिस्तान प्रिमियर लिग टि–२० मा समेत छनोट भइसकेका छन्, जुन लिग हुन बाँकी नै छ । 
यहीबीचमा सन्दिप पाँचौं ठूलो प्रतियोगितामा महंगो मूल्यमा छनोट भएका छन् । टि–१० लिगमा सन्दिपले ३० हजार अमेरिकी डलरको मूल्य पाएका छन् ।
भर्खरै सम्पन्न अफगानिस्तान प्रिमियर लिग ड्राफ्टमा १५ हजार डलरमा बिक्री भएका सन्दिप ग्लोबल टि–२० लिग क्यानडामा ४० हजार डलर, क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा इन्डियन प्रिमियर लिगमा २० लाख भारतीय रुपैयाँमा बिक्री भएका थिए ।
टि–१० लिग युनाइटेड अरब इमिरेट्समा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुँदैछ । १० ओभर फर्म्याटको लिगमा सन्दिपलाई केरला किंग्सले ड्राफ्टमार्फत छनौट गरेको हो । ड्राफ्टको राउन्ड–३ मा छनौट भएका सन्दिपको टिममा इंग्ल्याण्डका इयान मोर्गन कप्तान रहेका छन् । सन्दिपसंगै उनको टिममा क्रिस गेल, किरन पोलार्ड, जुनैद खान जस्ता चम्किला खेलाडी छन् ।
सन्दिपको टिमको प्रशिक्षण न्यूजिल्यान्ड पूर्व क्रिकेटर ड्यानियल भिटोरीले गर्नेछन् । भिटोरी आइपिएलमा भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरका समेत हेड कोच हुन् ।
टि–१० लिगको पहिलो संस्करण गत बर्ष आयोजना भएको थियो जसको उपाधि केरला किंग्सले जित्ने क्रममा पन्जाबी लेजेड्सलाई पराजित गरेको थियो। त्यस संस्करणमा पनि मोर्गनले टिमको कप्तानी गरेका थिए र फाइनलमा २१ बलमा ६३ रन बनाएका थिए।
सन्दिपको अन्तराष्ट्रिय क्रेज र एक पछि अर्को सफलताले नेपाली क्रिकेटलाई मात्र हैन सिंगो देशको नाम उचो राख्न योगदान दिएको छ र यो क्रम अविच्छिन्न रहिरहोश । सन्दिप र उसको टिम केरला किङ्ग्सलाई सफलताको अग्रिम शुभकामना ।
भिडियो :
https://youtu.be/14KgS45iMF8