२०८१ साउन १२ गते | 27th of July 2024

पोखरामा फर्जि मत आशंका, मतगणना स्थगित

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ६ गते १०:०५

पोखरा, ६ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा मतगणना रोकिएको छ । १४ सय बढी मत गनेपछि प्यानल मतपत्र गन्न सुरु गरेपछि सूर्य चिन्हमा फरक छाप लागेको मतपत्र भेटिएपछि विवाद भएको हो । मतपत्रमा अरु भन्दा ठूलो छाप र फरक रंग लागेको भेटिएको श्रोतले जनाएको छ ।
‘करिब १५ वटा मतपत्रमा फरक छाप भेटिएको छ । श्रोतले भन्यो–मत गन्दा गन्दै हामीलाई निकालियो । अहिले स्थगित भएको छ ।’ तर निर्वाचन अधिकृतको सही गरिएको श्रोतले बतायो । फरक छाप भएको मतपत्र भेटिएपछि अरु दलले विरोध गरेका थिए । विरोधपछि पर्यवेक्षक, एजेण्ट र उम्मेदवार समेतलाई बाहिर निकालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *