२०८१ वैशाख २१ गते | 3rd of May 2024

डा. भट्टराई विरुद्ध सान फ्रान्सिस्कोमा पून: कालो झन्डा – फोटो फिचर

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १० गते ९:०९

सानफ्रानसिस्को – अमेरिका भ्रमणका क्रममा क्यालिफोर्निया आइपुगेका पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई १७ हजार नेपालीको ज्यान गएको जनयुद्धका योजनाकार भन्दै यू सी डेभिसमा मङ्गलवार विरोध प्रदर्शन भएको छ । माओवादीबाट मारिएका शिव प्रसाद भट्टका छोरा हरि भट्ट, एनआरएनए क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष पूर्ण बानियाँ सहित तीन दर्जन भन्दा बढी प्रदर्शनमा सहभागी भएका थिए । 

प्राध्यापक जोनाथन लन्डन र न्यान्सि लन्डनको निमन्त्रणमा यू सी डेभिस आएका पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईलाई युद्ध अपराध र मानवता विरुद्धको जघन्य अपराध गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । अमेरिकाको क्यालिफोर्निया राज्यमा माओवादीबाट मारिएका, लखेटिएका र अंगभंग गरिएका परिवारका थुप्रै सदस्यहरू बसोबास गर्दै आएका छन् । देशबाहिरका नेपालीहरूको अध्ययन, अनुसन्धान, सीप र लगानीलाई नेपाल र नेपालीको संवृद्धि तर्फ कसरी जोड्ने भन्ने सम्बन्धमा एनआरएनएले चलाएको अभियानलाई सहयोग पु¥याउन पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई एक महिना लामो अध्ययन भ्रमणमा अमेरिका आइपुगेका हुन् । 

डा. भट्टराईको आगामी कार्यक्रम लस एन्जलसमा हुन गईरहेको छ । 

समाचार स्रोत : दुरबिननेपाल
फोटो : हरी भट्ट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *