२०८१ वैशाख २१ गते | 3rd of May 2024

प्रधानमन्त्री ओलीलाई पनि अमेरिकामा कालो झन्डा

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १० गते ९:२१

 न्यूयोर्क – प्रधानमन्त्री केपी शर्मा वली नेतृत्वको सरकार तानाशाही भएको भन्दै तरुणदल अमेरिका शाखाले कालो झण्डा सहित प्रधानमन्त्री ओलीको बिरोध गर्ने भएको छ । तरुण दल अमेरिकाले सरकारले अधिनायकवादी चरित्र देखाएको, राज्यले जनतामाथी दमन गरेको, भ्रष्टाचार, दिन दहाडै हत्या एवं बलत्कारका घटना बढेको र अनियन्त्रित भएको भन्दै प्रधानमन्त्री ओलीलाई संयुक्त राष्ट् संघ अगाडि कालो झण्डा देखाउने जनाएको छ ।

संयुक्त राष्ट्संघको महासभाको ७३ औं अधिवेशनमा सहभागि हुन अमेरिकामा रहेका प्रधानमन्त्रीलाई म्यानहाटनको संयुक्त राष्ट् संघको मुख्यालय नजिक फष्ट एभिन्यू र ४७ स्ट्रिटमा कालो झण्डा सहित व्यापक बिरोध प्रर्दशन गर्ने तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुबेदीले जानकारी दिनुभयो । ।

यस्तै गैरआवासिय नेपाली संघ अमेरिकाको संयोजन, प्रवासी नेपाली मञ्च अमेरिका, नेपाल आदिवासी जनजाती महासंघ र नेपाली संघिय समाजले संयुक्त रुपमा प्रधानमन्त्री ओलीको सम्मानार्थ आयोजना गर्न लागेको कार्यक्रममा समेत कालो झण्डा देखाउने र बिरोध गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस महाधिवशेन प्रतिनिधि प्रमोद सिटौलाले जानकारी दिएका छन् ।

देशमा दैनिक अत्याचार, हत्या हिंसा बढ्दै गएको र आम नेपाली जनता रोईरहेका बेला प्रधानमन्त्री ओलीको सम्मानको औचित्य नरहेको भन्दै बिरोध गर्न लागिएको सिटौलाले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डल सहित यतीखेर अमेरिकाको न्यूयोर्क राज्यमा छन् ।

तरुण दल अमेरिकाले सामाजिक संजालमा पोष्ट गरेको बिज्ञप्ती :

आदरणिय न्यायप्रेमी दाजुभाई तथा दीदिबहीनिहरू नेपालको कम्यूनिष्ट सरकारको तानाशाही हैकमबादी प्रवृत्ति , अघिनायकबादी चरित्र र राज्यको ब्यापक दमन , भ्रष्टाचार ,दिन दाहाडै भयका हत्या एबं बलात्कार ,अनियन्त्रित महँगाई बिरूद्दमा ब्यापक बिरोघ प्रदर्शन एवं नेपालको लोकतन्त्र , मानवाधिकारको समर्थनका लागी तरूण दल अमेरिकाले यहि सेप्टेम्वर २७ तारीकका दिन ३ बजे दिउसो संयूक्त राष्ट्र संध को मुख्यालय न्यूयोर्कमा (स्थान :- Dag Hammarskjold plaZa, 47th St.1st Ave Manhattan , New York मा र २८ तारिक देश र आम नेपाली जनता रोईरहेको बेलामाआयोजित औचित्य हीन सम्मान कार्यक्रमको कुनै अर्थ नरहेकोले (72-11 Roosevelt ave) मा दीउसो ४ बजे देखी प्रधानमन्त्रि के पी ओली बिरूद्द कालों झण्डा सहित ब्यापक बिरोघ प्रदर्शन कार्यक्रम आयोजना गरेको यहाहरूलाई जानकारी गराउदै उक्त बिरोघ कार्यकरममा ब्यापक सहभागिताको लागि हार्दिक अनुरोघ गरीन्छ। पुनश्च बिरोधका सम्पुर्ण कार्यक्रमहरु यथाशिघ्र प्रकाशित गरिनेछ ।

जय नेपाल !
अनन्तराज सुबेदी
उप-सभापति, नेपाल तरूणदल, अमेरीका

Leave a Reply

Your email address will not be published. Required fields are marked *