२०८१ वैशाख २० गते | 2nd of May 2024

मेरै सरकारले देशको काँचुली फेर्नेछ – प्रधानमन्त्री ओली (भिडियो)

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १४ गते १६:१४

न्यूयोर्क -प्रधानमन्त्री केपी शर्मा ओलीले देशले हाम्र्रै पालामा कांचुली फेर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्कमा आउनुभएका प्रधानमन्त्री ओलीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै देशले हाम्रै पालामा बिकास गर्ने बताउनुभएको हो । सरकारले राम्रो गरेको भए पनि केहि तत्व बिरोधमा लागेको प्रधानमन्त्रीको भनाई छ । सरकारको बिरोध गर्ने र कुप्रचार गर्ने काम गर्नेहरुले भ्रम फैलाउन खोजे पनि सरकारले दिर्घकालिन र बर्तमान पनि राम्रा योजना लिएर अगाडि बढेको उंहाको भनाई छ ।

गैर आवासीय नेपालीहरुले खोजेका सबै अधिकार प्राप्त गर्ने कुरामा बिश्वस्त हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले देशमा लगानि गर्न समेत आग्रह गर्नुभएको छ । आफु अमेरिकामा आएको बेला नेपालमा माधव नेपाल लगायतका नेताले देश डुब्न लागेको भनेको भनाई प्रति प्रधानमन्त्री ओलीले आफु आए पछि ठिक हुने बताउनुभएको छ । निर्मला हत्याकाण्ड, सिके राउत, समसामयीक बिषय लगायतका प्रश्न समेटिएको कार्यक्रम यु स्टाट अगेनको लिंक यंहा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *