काठमाडौं – गायिका रेस्मा केसीले खै किन हो….. बोलको गीत सार्वजनिक गरेकी छिन् । युएस मिडिया नेटवर्क प्रालिको युट्युब च्यानल मार्फत गीतको वर्ड प्रिमियर गरिएको हो ।
गीतलाई कमल एकछाई मगरले निर्देशन गरेका हुन भने गीतलाई सुशिल पगेनीले संगीत भर्नुका साथै शब्द रचना समेत गरेका हुन । आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको गीतमा नायिका निता ढुगाना र जीवन गिरीले अभिनय गरेका छन् ।
डान्सीङ नम्बरको यो गीतलाई रिलिज भएको छोटो अवधीमै दर्शकबाट राम्रो प्रतिकृया आएपछि गायिका केसी उत्साही भएकी छिन् ।