२०८१ वैशाख २३ गते | 5th of May 2024

निर्मलाको स्मृतिमा अमेरिकामा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १५ गते ८:२८

टेक्सास – नेपालको कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी स्वर्गीय निर्मला पन्तको स्मृतिमा शनिबार टेक्सासमा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन गरिएको छ ।

जनसम्पर्क समिति वेस्ट टेक्सास च्याप्टरको अायोजनामा भएको कार्यक्रम मार्फत पन्तको हत्यारालाई तत्काल खोजी गरी कारवाही गर्न दुतावास मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ । पछिल्लो समय बलत्कार, हत्या, अपराधका घटनामा बढेकोमा चिन्ता प्रकट गर्दै जन सम्पर्क समितिले शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकार चुक्दै गएको जनाएको छ ।

कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटाको प्रमुख आतिथ्यतामा भएको दीप प्रज्वलन कार्यक्रममा दुतावास मार्फत नेपाल सरकारलाइ बुझाइएको ज्ञापन पत्र पढेर सुनाइएको थियो । ज्ञापन पत्र डिसी स्थित नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री केपी शर्मा अोलीलाइ पठाइएको जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रमका बोल्दै कांग्रेस युवा नेता भण्डारीले नेपालभित्रका नेपाली र संसारका कुनाकुनामा रहेका नेपालीहरूले वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट ठूलो अाशा र अपेक्षा गरेकोमा निर्मलाको घटनाले त्यसमा तुषारापात भएको बताउनुभयो ।

दिप प्रज्वलनमा कांग्रेसका नेता कृष्णलाल सापकोटा, एनआरएनए अमेरिकाका प्रवक्ता विनोद तिवारी, जन सम्पर्क समितिले वेस्ट टेक्ससका अध्यक्ष प्रविण घिमिरे लगायतले बोल्दैं अपराधी पत्ता लगाउन राज्य चुक्दा अपराधीहरुको मनोवल बढिरहेको उल्लेख गर्दै नेपाल प्रहरीले समेत जनताको आशा टुट्न दिन नहुनेमा जोड दिएका थिए ।

बलात्कारका घटना दिन दुइ गुना र रात चारगुनाले बढेकोमा समेत चिन्ता जाहेर गर्दै सरकारलाइ गंभीर भएर शान्ति सुरक्षा दिन माग गरिएको छ । ज्ञापनपत्रमा देशको विकास, समृद्धि, शान्ति सुरक्षाका सवालमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसलाई समेत साथमा लिएर अघि बढ्न समेत सुझाव दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *