२०८१ वैशाख २४ गते | 6th of May 2024

नेपालीहरु पासपोर्ट फालेर शरण माग्ने जात होईनन् : मन्त्री ज्ञवाली

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १५ गते ११:३२
टेक्सस (अमेरिका) – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाली राहदानीको वजन बढाउन सरकार सकृयताका साथ लागिरहेको बताएका छन् ।
शनिबार ड्यालसमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालको आर्थिक अवस्थामा परिवर्तन, क्षमतामा व्यापक विस्तार गर्न सकेको खण्डमा नेपालप्रतिको छवीमा अन्तर्राष्ट्रिय जगतमा फेर्न सकिने बताए । ‘हामीले नेपाली पासपोर्टको अहिलेको ३२ पेजलाई ६४ बनाएर वजन बढाउने भनेको होइन, नेपालको आर्थिक विकास गरेर हो,’ उनले भने ।
नेपालीहरु प्रतिको दृष्टिकोण अन्तर्राष्ट्रिय जगतमा सकारात्मक नभएकै कारण नेपालको पासपोर्ट कमजोर भएको हो । संसारमा सबैभन्दा बलियो पासपोर्टका रुपमा सिंगापुरलाई लिइन्छ । सिंगापुरको पासपोर्ट वाहकलाई संसारका एकसय २७ देशमा निशुल्क भिसा, ३९ देशमा अन–अराइभल भिसा दिइन्छ भने ३२ देशमा मात्र भिसा लिनुपर्छ ।
तर नेपाली राहदानी बाहकले एकसय ५१ देशका लागि पहिलेनै भिसा लिनुपर्छ भने ३३ देशमा मात्र अन–अराइभल भिसा दिइन्छ ।
नेपालको आर्थिक अवस्था कमजोर रहेका कारण पासपोर्टको वजन पनि कमजोर भएको हो । ‘नेपाली भनेका पासपोर्ट समेत मिल्काएर अन्य देशमा शरण लिन इच्छा राख्ने जात हो भन्ने अवधारणलाई हटाउन सरकार लागिपरेको छ,’ उनले भने । उनले अबको १०-१२ वर्ष देशको आर्थिक विकासमा मात्र केन्द्रित रहनेगरि अघि बढेको पनि बताए ।
‘हामीले ७० वर्षसम्म राजनीतिक लडाई गर्यौं, २० वर्ष द्वन्द्वमै बितायौँ । अबको हाम्रो ध्यान राजनीतिक मतभिन्नताबीच पनि आर्थिक समृद्धि हाँसिल गर्नेतिर हुनैपर्छ,’ मन्त्री ज्ञवालीले भने । २०५२ सालमा तत्कालिन माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दा जन्मिएको व्यक्ति अहिले २३ वर्षको वयस्क भैसकेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले एउा सिङ्गै पुस्ताको जीवन द्वन्द्व र संक्रमणकालका नाममा बितेकोले अब त्यतातिर कसैको पनि सोचाई जान नहुनेमा जोड दिए ।
वर्तमान सरकार गठन भएयता भारत र चीन दुबैसँग आपसी हितका आधारमा अधिकतम फाइदा हुनेगरि अघि बढिरहेको, बिभिन्न देशहरुसँग श्रम सम्झौता गरेर नेपालीहरुलाई बढी आर्थिक लाभ दिलाउने तर्फ नीति रहेको, एनआरएनसँग भएका शीप र पूँजी भित्राउन दोहोरो नागरिकता, दोहोरो करमुक्त सम्झौताका धेरै प्रकृयाहरु अघि बढेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *