२०८१ साउन १२ गते | 27th of July 2024

’पोखरा १७ मा पुनः निर्वाचनको माग‘

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ६ गते ११:५१

पोखरा, ६ जेठ ।
फर्जि मतको आरोप लाउँदै मतगणना स्थलबाट एजेण्टहरु निस्किएपछि पोखरा १७ को मतगणना स्थगित भएको छ । सूर्य चिन्हमा फरक रंग र फरक स्वस्तिक छाप सहित एउटै मतपत्रमा मतदान अधिकृतको दुईवटा हस्ताक्षर भेटिएपछि काँग्रेसका प्रतिनिधीहरुले मतगणना बहिस्कार गरेका हुन् । उनीहरुले पुनः निर्बाचनको माग गरेका छन् । जिल्ला सदस्य युवक लामिछानेले मतगणनाका बेला मतपत्रमा फरक स्वस्तिक छाप भेटिएको बताए ।
‘अरु पार्टीलाई पनि सोही छाप परेको भए स्विकार गर्न सकिन्थ्यो । सूर्यमा मात्रै कसरी गयो ?, उनले भने–निर्वाचन आयोगले समाधान नखोजेसम्म मतगणनामा सहभागी हुँदैनौं ।’ वडा इकाई सभापति देवी प्रसाद आचार्यले यही अवस्थामा मतगणना हुन नसक्ने बताएका छन् ।
निर्वाचन आयोगले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले पार्टी प्रतिनिधीहरुसँग बैठक चलिरहेकाले केहीबेरमा मतगणना सुरु हुने बताए । उनले फर्जी मत नभएको प्रष्ट्याएका छन् ।

प्रयोग गरिएको भन्दा चाक्लो स्वस्तिक छाप देखिएको सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले बताए । ‘२०७० सालमा प्रयोग गरिएको जस्तो छाप देखिएको छ । अहिलेको छाप यस्तो छैन, उनले भने–आयोगले केही ठाउँमा पहिले कै छाप पठाएको भन्ने पनि सुनिएको हो । हामी बुझ्दै छौं ।’

एमाले बाहेक अन्य दलका एजेण्टहरु मतगणना स्थलबाट निस्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *