२०८१ वैशाख २२ गते | 4th of May 2024

बलत्कारको अर्को घटना : २२ वर्षीय युवाद्दारा ७४ वर्षीया बृद्धाको बलात्कार

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १६ गते ११:३८

दिपायल – डोटीमा एक बृद्धा बलात्कृत भएकी छन् । डोटीको बडीकेदार गाउँपालिका ३ की ७४ वर्षीया बृद्धा आज बिहान आफन्तको घरमा जाने क्रममा बलात्कृत भएकी हुन् ।डोटी प्रहरीका अनुसार आज बिहानै आफन्तको घरमा जाने भनि हिडेकी ७४ वर्षीया बृद्धालाइ बोगटान गाउँपालिका १ सिमचौर एक २२ वर्षीय एकेन्द्र धामीले बलात्कार गरेका हुन् ।प्रहरीका अनुसार बाटोमा एक्लै हिँडिरहेको देखेपछि आफुले बलात्कार गरेको भनि एकेन्द्र धामीले स्वीकारेका छन् ।

स्थानीयवासीले ७४ वर्षीया पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका र बलात्कार गर्ने एकेन्द्र धामीलाइ प्रहरीको जिम्मा लगाएका थिए ।धामीलाइ जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव बिष्टले जानकारी दिएका छन् ।

ठूलीआमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ :

पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले आफ्नी ठूलीआमा बलात्कार गरेको आरोपमा एक छोरालाई प्रहरीले समातेको छ ।रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका एक युवकलाई आफ्नी ठूलीआमा बलात्कार बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । जिल्ला प्रहरीका अनुसार मदिराले मातेर नाताले ठूलीआमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा युवकलाई पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन । घटनापछि पीडितले उजुरी दिएपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ परेका युवकमाथि थप अनुसन्धान भैरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *