२०८० मंसिर १९ गते | 5th of December 2023

बानाले ‘बाल्टीमोर सडक महोत्सव’ गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १६ गते १२:०१

बाल्टिमोर – बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरीका (बाना) ले यो बर्ष पनी मेरील्यान्ड राज्यको बाल्टिमोर सडक महोत्सव गर्ने भएको छ । सडकमै खाउँ, सडकमै नाचौ र सडकमै रमाऔं भन्ने मूल नाराका साथ बाल्टिमोरको टाउसनमा रहेको वासिंन्टन एभिन्यु क्षेत्रमा महोत्सव आयोजना गरिने बाल्टिमोरमा रहेका बिभिन्न संघ सस्थाहरुको छलफल कार्यक्रमको आयोजना गरी जानकारी दिइएको छ ।

नेपाल बाहिर रहेर पनि नेपाली सकृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सब आयोजना बिगत देखी नै गर्दै आएको बानाका अध्यक्ष अनुसया बन्तले जानकारी दिनुभयो । उहाँले महोत्समा विभिन्न खानाका परिकार साथ विभिन्न सास्कृतक कार्यक्रमहरु प्रस्तुत गर्ने बताउनु भयो ।

यहि अक्टुबर ७ तारीक आइतबारको दिन बिहान ११.३० बजेदेखी ५.३० बजे सम्म सञ्चालन हुने महोत्सवमा पाच हजार भन्दा बढी नेपाली समुदाय तथा अमेरीकन समुदायले अबलोकन गर्ने लक्ष रहेको बानाका अपाध्यक्ष सुबोधराज पन्तले जानकारी दिनुभयो । महोत्सवमा होटल तथा रेष्टुरेण्टहरुले मेला अवधिभर आफ्ना भान्छा सडकमै राख्ने र सडकबाटै सेबा दिने कार्यक्रम रहेको छ । साथै नेपाली सस्कृती झल्कने झांकी र बाजागाजा सहित टाउसन एरीया परिक्रमा गर्ने कार्यक्रम समेत रहेको छ । महोत्सवमा सास्कृतिक कार्यक्रम संगै लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्टिबल, पञ्चे बाजा, नेवारी लाखे नाच, लगायतका कार्यक्रमहरु समेत समावेस गरिने बानाका उपाध्यक्ष जनक पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *