२०८१ साउन १२ गते | 27th of July 2024

पोखराको सबै मतगणना स्थगीत

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ६ गते १३:०१

पोखरा, ६ जेठ ।
पोखरामा जारी मतगणनामा फर्जी मतको आरोप लगाउँदै पार्टीका एजेण्टहरु बाहिरिएपछि सबै मतगणना स्थगीत भएको छ । १४ सय भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटिएको अन्य दलको आरोप छ ।
फरक रंग र साविकको भन्दा ठूलो आकारको छाप लगाएको ८ भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । फर्जी छाप लगाएको मतपत्र भेटिएको भन्दै एमाले वाहेकका दलले विरोध जनाएका छन् ।
एमालेले यसबारे केहि बताएको छैन । अन्य दलका प्रतिनिधिले भने फर्जी मतपत्र भएको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *