२०८१ भदौ ३० गते | 15th of September 2024

यस्तो बन्नेछ बुर्ज खलिफाभन्दा अग्लो भवन – The Big Bend

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १७ गते १०:५८

अमेरिका – सन् २०१० मा बुर्ज खालिफा निर्माण गरी दुबईले विश्वको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यस समय पूरै विश्व इन्जिनियरिङको त्यो अद्वितीय नमूना देखेर हैरान भयो । दुबईको सिको गर्दै बुर्ज खालिफालाई उछिन्ने प्रयत्न तत् पश्चात् अन्य देशहरुले नगरेका होइनन् । तर अहिलेसम्म दुनियाँमा बुर्ज खालिफाभन्दा अग्लो भवन बनेको छैन ।

तर आउँदो दिनमा बुर्ज खालिफाको कीर्तिमान अरु कुनै भवनले लिनेछ । हो, अमेरिकाको न्युयोर्कमा विश्वको सबैभन्दा अग्लो भवन बनिरहेको छ । कीर्तिमानी अग्लो भवन बनाउनका लागि अमेरिकी इन्जिनियरहरुले यस्तो दिमाग लगाएका छन् कि उनीहरुको डिजाइन हेर्दा नै अचम्म परिन्छ ।

बुर्ज खलिफाको उचाई ८ सय २८ मिटर रहेको छ । विज्ञहरुले बुर्ज खलिफाभन्दा अग्लो भवन सुरक्षाका दृष्टिले पनि उपयुक्त नहुने र खतरनाक हुने नबताएका होइनन् । हावाको गति तथा दबाब उच्च हुने भएकाले कामदारका लागि काम गर्न गाह्रो हुने, ठूलो मात्रामा भौतिक पदार्थहरु थुप्रिँदा त्यसले जमिनको स्थिरतामा पनि प्रभाव पारेर संरचनालाई कमजोर बनाउने सम्भावना विज्ञहरुले देखाउने गरेका छन् । तर यी सबै समस्याबाट पार पाउनका लागि अमेरिकाका इन्जिनियरहरुले आफ्नो दिमाग लगाए र यस्तो मोडल तयार पारे ।

Image result for burj khalifa building

त्यसैले दुनियाँको यो सबैभन्दा अग्लो भवनको आकार यू आकारको हुनेछ । न्युयोर्कको म्यानहटनमा यो बन्नेछ । यसको नाम हुनेछ The Big Bend। आगामी वर्षसम्म यो भवन तयार हुनेछ । अहिले यसको डिजाइनको कार्य पूरा भएको छ । भवनको सबैभन्दा उचाइको यूटर्नमा समेत सजिलैसँग चल्नसक्ने एलिभेटर भवनमा लगाइनेछ । यो भवनको डिजाइन विश्व विख्यात इष्ष्य स्टुडियो कम्पनीले गरेको हो । यो कम्पनीले विश्वका विभिन्न चर्चित भवनहरुको डिजाइन गरेको छ । यो यू आकारको भवनको एक फेँददेखि अर्को छेउँसम्मको लम्बाई ४ हजार फिट हुनेछ ।

8 thoughts on “यस्तो बन्नेछ बुर्ज खलिफाभन्दा अग्लो भवन – The Big Bend

Leave a Reply

Your email address will not be published. Required fields are marked *