२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १८ गते ५:५४

न्यूयोर्क – संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका आएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ । महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गरेर आएका ओली बुधबार बिहान स्वदेश फकर्नु भएको हो । अमेरिकामा रहंदा राष्ट्रसंघलाई सम्बोधन गर्नुका साथै अमेरिका, बेलायत, क्यानडा लगायत संसारका बिभिन्न देशका सरकार प्रमुखहरुसंगको छलफल गरेका प्रधानमन्त्री ओली कोष्टारीका समेत पुग्नुभएको थियो ।

कोष्टारीकामा भएको शान्ती सम्बन्धी कार्यक्रममा भाग लिएर मंगलबार न्यूयोर्क आएका प्रधानमन्त्री बुधबार बिहान पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रमुख सल्लाहकार बिष्णु रिमाल लगायतका २० सदस्यीय टोली सहित नेपाल फर्कनुभएको हो । प्रधानमन्त्री टोलीलाई न्यूयोर्कको जेएफके एअरपोर्टमा बिदाई गर्न अमेरिकाको लागि नेपाली राजदुत अर्जुन कार्की सहित नेपाल सरकारका कर्मचारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, महासचिव राधाकृष्ण देउजा, एनआरएन अगुवाहरु सञ्जय थापा लगायतका नेपाली समुदायका सदस्यहरुको उपस्थीती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *