२०८१ वैशाख २२ गते | 4th of May 2024

कुमारकाे नाममा संकलित ६२ लाख ‘ब्लड मनी’ परराष्ट्र मन्त्रालयमा बुझाईयो

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १८ गते ११:१८

गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिका-७ स्थित बोर्लाङका कुमार रानामगरलाई साउदी अरबबाट नेपाल फर्काउन परराष्ट्र मन्त्रालयलाई ६२ लाख रुपैयाँ बुझाइएको छ। कुमारले चलाएको सवारी दुर्घटना हुँदा साउदीको एक नागरिकलाई ठक्कर दिएपछि उनी साउदी जेलमा छन्। त्यस यता कुमार रानाको जीवन रक्षाका लागि भन्दै गत बैशाख १ गतेबाट ब्लड मनी संकलन अभियान सुरु गरिएको थियो। सवारी दुर्घटना पनि साउदीको अदालतले कुमारलाई जेलमुक्त हुन ८३ लाख ब्लडमनी बुझाउनुपर्ने फैसला सुनाएको थियो। उक्त फैसला बारे जानकारी पाएसँगै राना परिवारले सहयोगको सबैतिर आग्रह गरेका थिए। बोर्लाङकै कृष्ण ढकालको संयोजकत्वमा कुमार राना मगर बचाउ अभियानै चलाएर रकम संकलन गरिएको थियो। उक्त रकम बिहीबार परराष्ट्र मन्त्रालयमा बुझाएको संयोजक ढकालले जानकारी दिए। ‘सहयोगी मन भएका संस्थाका पदाधिकारी र व्यत्तिबाट ७८ लाख उठ्यो। त्यो मध्ये ६२ लाख ७४ हजारको चेक आज परराष्ट्रमा बुझाइयो,’ उनले भने। परराष्ट्रले पनि उक्त रकम बिहीबार ने साउदी अरेबियास्थित नेपाली दूतावासमा पठाउने जानकारी दिएको उनको भनाई छ। ८३ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने फैसला भए पनि नेपाली ११ लाख पीडित पक्षले घटाउने र १४ लाख रुपैयाँ उनले काम गरेको कम्पनीले व्याेहोर्ने भएपछि ६२ लाख पैसा पठाइएको हो।

कुमारलाई नेपाल ल्याउन मगर संघका मातहत रहेका विभिन्न शाखाबाट २८ लाख रुपैयाँ संकलन भएको थियो। अन्य विभिन्न संघ संस्थाबाट १३ लाख, व्यक्तिगत तबरबाट ३६ लाख ५० हजार संकलन भएको ढकालले बताए। पूर्व-प्रधानमन्त्री बाबुराम भट्टराइले पनि एक लाख रुपैयाँ सहयोग गरेका थिए। साथै उनले कुटनीतिक पहल समेत गरेका थिए। २०१६ को अप्रिलमा उनले चलाएको गाडीले खालिद अल गताइबी गम्भीर घाइते भएका थिए। लगत्तै घाइतेको परिवारले अदालतमा मद्दा हालेको थियो। अदालतको फैसला अनुसारको पैसा तिर्न नसक्दा कुमार गत जनवरीदेखि साउदीको अफिम सेन्ट्रल जेलमा छन्। कुमारकी श्रीमतीले परराष्ट्रका कर्मचारीलाई उदृत गर्दै तिहारसम्म आउने बताइन्। ‘सबैको सहयोगले आज पैसा बुझाइयो,’ कुमारकी श्रीमती अम्बिकाले भनिन्,‘त्यहाँ भने अनुसार तिहारसम्म त आउनुहुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *