अमेरिका – नेपाली काॅग्रेस काठमाण्डौ सभापति सवुज वानीया ले सवल र सुदृढ काॅग्रेस नेपाली जनताको चाहना भएको वताउनु भएको छ । वडा दशैं तथा दीपावली को पूर्व संन्ध्यामा नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर परिवार न्यूयोर्क अमेरिका द्वारा हिक्सभिलमा आयोजित काॅग्रेस समर्थकहरूको वृहद भेला तथा सुभकामना आदान प्रदान कार्यक्रममा वहाँले उक्त कुरा वताउनु भएको हो, काग्रेसीहरू को खिचातानी, वेमेल लाई सवक सिकाउन गत निर्वाचनमा जनताले कम्युनिस्टहरू लाई जिताएको भए पनि उनिहरुको ७ महिनाको शासनकालमा देशमा अराजकता, उद्वन्डता, वेतिथी, बलत्कार जस्ता घटनाले जनता आजित भएको ले यि र यस्तो अवस्था लाई नियन्त्रण को लागी काॅग्रेस वलियो हुनुपर्ने वताउनु भयो । 
दोहोरो नागरिकता को विषय नेपालको संविधानमा प्रस्ट उल्लेख भएको वताउनु हुॅदै काॅग्रेस का युवा नेता समेत रहनु भएका वानीया ले यो संवैधानिक अधिकार लाई कुनै ले दिएर दिईने र खोसेर खोसीने कुरा हैन भन्ने प्रस्ट पार्नु भयो ।
अर्काको मुलुकमा रहदा कानूनी र कागती प्रकृयाको लागी जे जसरि वसेको भएका भए पनि एक पटक को नेपाली जीवन भर नेपाली हूने नेपाली काॅग्रेस को धारणा रहेको वताउनु भयो ।
नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर न्यूयोर्क का सभापति विश्व वास्तोला ले कमजोर र विभाजित काॅग्रेस ले कम्युनिस्टहरू संग प्रतिस्पर्धा गर्न नसक्ने हुदा, विचार र व्यक्तिगत कुरामा वेमेल भए पनि काॅग्रेस हरू विच नितिगत एकता हुनुपर्ने कुरामा जोडदिनु भयो, प्रवासमा रहेका काग्रेस हरूको चाहना नेपालमा सवल, वलियो र एकिकृत काॅग्रेस देख्न चाहेको वताउनु भयो । विश्व परिवेश वाट ओजेल परेका कम्युनिस्टहरू नेपालमा बहुमत हुनु नयाॅ पुस्ताको लागि पनि अनुपयुक्त छ भन्नु भयो ।
उक्त सुभकामना आदान प्रदान कार्यक्रममा च्याप्टर उपसभापति विनोद थापा, रक्तदाता अर्जुन प्रसाद मैनाली, समाजसेवी दुर्गेस कार्की, कोषाध्यक्ष शिव वानीया,सदस्य प्रविणँ गौतम, शंखनारायणॅ प्रजापति, नीरज साप्कोटा,न्यूयोर्क च्याप्टर का सदस्य उमेश थापा, लक्ष्मी वाॅस्तोला, बलराम वानीया लगाएत ले समसामयिक विषयमा आफ्नो धारणा राख्दै शुभकामना प्रदान गर्नु भएको थियो ।