टेक्सास – टेक्सासको डालसमा रहेका संचारकर्मी किशन रेग्मीको नयां गित “कुम जोडी नाचौं लाग्यो रंगिन रातैमा” को रेकर्डिङ सकिएको छ ।
गितमा रेग्मीलाई चर्चित युवा गायिका रेश्मा केसीले साथ दिएकी छिन् । संचारकर्मी शिव शर्माका शब्द, एसडी योगीको संगित तथा रिकेश गुरुङले एरेन्ज गर्ने गितलाई युएस मिडिया नेटवर्क मार्फत तिहार लगत्तै बजारमा ल्याउने तयारी भइरहेको गायक रेग्मीले जानकारी दिए । 
अमेरिकामा रहेका गायक तथा संचारकर्मी रेग्मीले डालसस्थित एओएस स्टुडियोमा रेकर्ड गराएका हुन् । डान्सिङ नम्बरको गितको भिडियोमा चर्चित कलाकारहरुको अभिनय रहनेछ । 
गितलाई उत्कृष्ट बनाउन हर तवरले प्रयास गरिएको रेग्मीको भनाई छ । युएसखबरका संचालक समेत रहेका गायक रेग्मीले यस अघि ‘कान्छी हे कान्छी’ बजारमा ल्याएका थिए ।