२०८१ साउन १२ गते | 27th of July 2024

पोखरामा मतगणनामा निर्वाचन अधिकृतको कमजोरी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ७ गते ८:३०

पोखरा, ६ जेठ ।
शनिबार साँझदेखि स्थगित पोखराको मतगणनामा निर्वाचन अधिकृतको कमजोरी देखिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाको दफा १ सय ३३ को उपदफा २ ले ब्यवस्था गरे अनुसार अधिकृतले काम गर्न सकेका छैनन् । निर्देशिकामा मतगणना समाप्त हुनु भन्दा पहिले नै स्थगित गर्नुपर्ने भएमा निर्वाचन अधिकृतले गणना गरिसकेका मतपत्र, मतगणना अभिलेख, मतगणना गर्न बाँकी रहेका मतपत्र र मतगणना गर्न बाँकी रहेका मतपेटिकाको लगत समेत अलग अलग खाम, थैलो, वा बोरामा बन्द गरी आफ्नो लाहछाप लगानुपर्नेछ । र बन्द खाममा उम्मेदवार वा निजको निर्वान प्रतिनिधी वा मतगणना प्रतिनिधीले समेत आफ्नो लाहाछाप लगाउन सक्नेछन् ।
तर मतगणना स्थगीत भएपछि कास्कीका मुख्य निर्वाचन अधिकृतले निर्देशिकामा ब्यवस्था भएअनुसार कार्यान्वयन नगरेको पाईएको हो । स्थगीत भएपनि पोखराको मतगणना स्थलमा मतपत्र छरपष्ट अवस्थामा छन् । पोखरामा फर्जी मत खसेको आरोप लगाउँदै शनिबार साँझदेखि रोकिएको मतगणनाका बिषयमा छलफल गर्न बसेको सर्बपक्षीय बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । आईतबार विहान २ घण्टासम्म बसेको बैठकले विवाद समाधानका लागि निर्वाचन आयोगलाई आग्रह गरेको छ । सम्बन्धित दलसहितको बैठकले निर्देशनात्मक आदेशका लागि पत्र लेखेर पठाएको छ ।
‘हामीले आयोगको केन्द्रिय कार्यालयलाई पत्र लेखेका छौं । आयोगबाट निर्देशन आएपछि पुनः छलफल गर्छौं, मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले भने–दलहरुको सहमति कुरिरहेका छौं । आयोगको निर्देशनले प्रक्रिया अगाडी बढ्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *