अमेरिका – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रखर वक्ता कल्याण गुरुङ्ग र काठमान्डौं सभापति सबुज बानिया यतिखेर अमेरिका भ्रमणमा छन । पारिवारिक तथा निजी भेटघाटका क्रममा अमेरिकामा रहेका नेपाल कांग्रेसका दुई नेता अमेरिकाका बिभिन्न राज्यहरुमा आयोजना हुने कार्यक्रममा ब्यस्त रहेका छन ।
केन्द्रिय सदस्य गुरुङ्ग एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरले आयोजना गर्ने कार्यक्रममा भाग लिनेछन भने त्यसपछी सान्-फ्रान्सिस्को लाग्ने बताएका छन ।
नेजस नर्दन क्यालिफोर्निया च्याप्टरद्दारा भेटघाट कार्यक्रम :
नेपाली जनसंपर्क समिती, अमेरिका नर्दर्न क्यालिफोर्निया च्याप्टरले केन्द्रिय सदस्य गुरुङ्ग र जिल्ला सभापती बानियासंग बिजया दशमीको अवसर पारेर शुभकामना तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल बिद्धार्थी संघका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता कल्याण कुमार गुरुङ तथा नेपाली कांग्रेसका काठमाण्डौ जिल्ला सभापति सबुज बानियाँको सम्मानमा आयोजित कार्यक्रममा राजनिती र नेपाली कांग्रेसको बिधानका बारेमा अन्तर्कृया हुने जनाईएको छ ।
कार्यक्रम :१३ अक्टुवर २०१८, शनिबार साँझ ६ बजे
स्थान : 173 Eddy street, San Francisco, Palace of Spices