लस एन्जलस – प्रवासमा रहेका नेपालीहरुको स्थापना दिवसको रुपमा लिइने ‘एनआरएनए डे’लाई गैरआवासीय नेपाली संघले एउटा पर्व कै रुपमा मनाउँदै आएको छ । यसै क्रममा लस एन्जलसमा पनि एनआरएनए क्यालिफोर्निया च्याप्टरले एक समारोहको आयोजना गरेर ‘एनआरएनए डे’ मनाएको छ ।
गैर आवासीय नेपाली संघले एनआरएन ‘डे’ को अवसरमा अक्टोबर ५ देखि १४ सम्म विभिन्न कार्यक्रम गरि एक हप्ते कार्यक्रम गर्ने योजना बमोजिम क्यालिफोर्निया च्याप्टरले पनि एक कार्यक्रम आयोजना गरेको च्याप्टर सभापति रामबाबु पाण्डेले बताए । नेपालीहरु बसोवास रहेको या सकृय एनआरएन च्याप्टरहरुले अमेरिकाका न्युयोर्क, टेक्सास लगायत बिभिन्न राज्यहरुमा पनि बिबिध कार्यक्रम सहित एनआरएन डे कार्यक्रम सम्पन्न गरेका छन ।
लस एन्जलस तथा क्यालिफोर्नियाको स्थानीय नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, नेपाली कांग्रेस काठमान्डौंका सभापती सुबज बानिया, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुदिप पन्त, श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा लगायत सामाजिक अगुवाहरुको समेत उपस्थितिमा एनआरएन क्यालिफोर्निया च्याप्टरले उक्त दिवस सम्पन्न गरेको छ ।
च्याप्टरका सचिव रोशन अधिकारीद्दारा संचालन गरिएको कार्यक्रममा सभापति रामबाबु पाण्डेले कार्यक्रमको अध्यक्षता गरेका थिए ।







तस्विर : शंकरराज वाग्ले