२०८१ साउन १२ गते | 27th of July 2024

पोखरामा एमाले कार्यकर्ताको नाराबाजी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ७ गते ९:४३

पोखरा, ६ जेठ ।
मतगणना रोकिएको लामो समय भैसक्दा पनि सुरु गर्ने बिषयमा सम्बन्धित निकायले पहल गर्न नसकेको भन्दै नेकपा एमाले कार्यकर्ताले विरोध गरेका छन् । मतगणना स्थल बाहिर उनीहरुले मतगणना तत्काल सुरु गर्न दवाव स्वरुप नाराबाजी गरेका हुन् ।
मतगणना स्थल वरीपरी पर्याप्त मात्रामा सुरक्षा ब्यवस्था मिलाईएको छ । एमाले अध्यक्ष कृष्ण थापाले जनताले स्वत स्फुर्त नारा लगाएका बताए । शनिबार साँझदेखि पोखराको मतगणना रोकिएको छ । दलहरु बीचको सर्वपक्षीय बैठकमा मतगणना सुरु गर्ने बिषयमा सहमति नजुटेपछि अनिश्चित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *