२०८२ चैत २१ गते | 4th of April 2026

पुर्व राजालाई ओलीको चेतावनी – अशोभनीय नबोल्नुस्

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ३० गते ११:०१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए।

‘राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशाेभनीय ढंगले असामयिक बोली आउनु त्यति वाञ्छनीय होइन’, ओलीले पूर्वराजा शाहतर्फ संकेत गर्दै भने, ‘यो भन्दा बढी म भन्न चाहन्न।’  जनताले फालेको राजतन्त्रलाई विश्वमै यति सुव्यवस्था र सम्मानका साथ कही पनि बस्न नदिएको तर्क गर्दै ओलीले थपे, ‘नेपालमा हामीले अत्यन्तै उदार फराकिलो रुपमा ल्याएका छौं र अभ्यास गरेका छौं। जहाँ संघर्षका साथ फालिएको राजतन्त्रलाई बढो सम्मानका साथ व्यवहार गरेका छौं।’

फालिएको राजतन्त्रलाई आफूहरुले सम्मान दिएको र राजाबाट जनता बनेकाहरु पनि आफ्नो स्थानमा बस्नुपर्ने ओलीको भनार्इ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *