न्यूजर्सी – नेपाली अमेरिकन राजनीतिज्ञ तथा मेरिल्याण्ड राज्यको डिस्ट्रक्ट ८ का तर्फबाट हाउस डेलिगेट्समा चुनावी प्रतिस्पर्धा गरिरहनु भएका ह्यारी भन्डारीका लागि आइतवार जर्सी सिटीमा एक फण्ड रेजिङ् कार्यक्रम सम्पन्न भएको छ । 
ह्यारी भन्डारीको चुनावी अभियानमा एक्यवद्धता जनाउँदै जर्सी सिटीमा वसोवास गर्ने स्थानीय प्रबुद्ध व्यक्तित्वहरुको समन्वयमा फन्ड रेजिंग कार्यक्रमको आयोजना गरिएको र विशेषगरी युवाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा पाँच दर्जन भन्दा बढी नेपाली तथा भारतीय मूलका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
स्थानीय रुपमा रेणु शर्मा सापकोटा तथा धनिराम सापकोटाको विशेष पहलमा स्वतस्फूर्त सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सफल पार्न सञ्जीव श्रेष्ठ लगायत मनोज खनाल, विश्व वरालको महत्वपूर्ण भूमिका रहेको थियो ।
यसैगरी कार्यक्रम सम्पन्न गर्न र उदार हृदयका साथ विशेष सहयोग गर्नु हुने ओंकार सिंह,सुखमिन्दर कौर, रेणु शर्मा सापकोटा तथा धनिराम सापकोटा, खगेन्द्र जिसी, श्री पराजुली, सन्नी सिंह, वैभव रेष्टुँराका सन्चालक विनय कुमार, हर्केश ठाकुर, कुलदीप कुमार, हिरेन त्रिवेदीको पनि महत्वपूर्ण सहभागिता रहेको थियो । 
उक्त कार्यक्रममा ह्यारी भन्डारीको चुनावी अभियानमा एक्यवद्धता जनाउदै न्यू जर्सी स्थित होवोकेन सिटीका मेयर रविन्दर भल्ला,जर्सी सिटी काउन्सिल प्रेसिडेन्ट रोल्यान्डो लाभारोले सारगर्भित मन्तब्य राख्नु भएको थियो ।
यस्तै नेपाली मूलका वरिष्ठतम एटर्नी खगेन्द्र जीसीले ह्यारी भन्डारीलाइ विजय गराउनमा हामी न्यू जर्सी निवासी नेपाली अमेरिकनको पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी भएको कुरा वताउनु भयो । डा. विष्णुमाया परियार (सल्लाहकार, डाइभर्सिटी तथा इन्क्लुजन बोर्ड, जर्सी सिटी मेयर) ,सिख अमेरिकन चेम्बर्स अफ कमर्सका अध्यक्ष सुखविन्दर (सन्नी) काइलाले मन्तव्य राख्नुभएको थियो । 
नेपालीलाई अमेरिकाको मूलधारमा समाहित गराउने अभियानमा समाहित भएर मेरिल्याण्डको डिष्ट्रिक आठवाट उमेदवार दिनु भएका हयारी भण्डारीलाई सहयोग गर्नुहुने अन्य महानुभावहरूमा गिरीश रेग्मी, विश्व वराल, सरिता शर्मा पराजुली, सञ्जय पराजुली, कृष्णप्रसाद अधिकारी, समिर वुढाथोकी, मनोज खनाल, विष्णुमाया परियार,हिरा कंडेल सापकोटा, सन्दिप सापकोटा, सत्येन्द्र कुमार शाह, कृति थापा, अनिल रोका, नवराज सुवेदीको उपस्थिति रहेको थियो ।
यसैगरी राज थापा, शम्भु के।सी।, हरिश्चन्द्र हमाल तथा सुनिता हमाल, उत्तम शर्मा, नृप विष्ट, रविन सुवेदी, शान्ता घिमिरे अधिकारी, निर्मला कुमाल, अश्विन थापा, अनुपमा सापकोटा, हिमलाल सापकोटा, ज्ञानेन्द्र सापकोटाको पनि महत्वपूर्ण सहभागिता रहेको थियो । यस्तै विमला रेग्मी, सञ्जय पराजुली, रेनु पराजुली कृष्ण श्रेष्ठ, अभिनव पराजुली, प्रतिभा सापकोटा, शिवा वराल, रुविना शाहको पनि गरीमामय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सम्प्रेषणका शैलेश श्रेष्ठ तथा समाचार सम्प्रेषण प्रदीप परियार थापाले गर्नु भएको थियो । कार्यक्रममा दोश्रो पुस्ताका अनुपमा र अश्विन थापाले कार्यक्रममा उम्मेद्वार ह्यारी भण्डारीका बारेमा प्रकाश पारेका थिए । 
नेपाली अमेरिकनहरुको परिचयात्मक कार्यक्रम र स्वयंसेवाको भावमा नेपालीलाई अमेरिकाको मूलधारको राजनीतिमा समाहित गराउन व्यग्र प्रतिक्षामा रहेको नेपाली समुदायको भाव स्पष्ट झल्किएको थियो ।
कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण व्यक्तित्वहरुलाई ह्यारी भन्डारीले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।